site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संविधान संशोधन भएमात्र चुनाव
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । नेपाली राजनीतिको एउटा बानी उर्बौला युवासँग ठ्याम्मै मिल्छ - दुवै प्रायः शुकवार आधारातसम्म उछलकुद गर्छन् र शनिवार दिनभर निदाइदिन्छन् । राजनीति निदाउँदा दैनिक पत्रिकाका सम्पादकले अरू विषयलाई प्राथमिकता दिने मौका पाउँछन् । आज समीक्षित प्रमुख नेपाली दैनिक यसका उदाहरण हुन पुगेका छन् । 
मलेसियामा भइरहेको एएफसी सोलिडारिटी कपको शनिवारको खेलमा लाओसलाई ट्राइब्रेकरमा हराएर नेपाल फाइनलमा प्रवेश गरेको समाचारले आज विशेषरूपमा दैनिक पत्रिकाहरू प्रथम पृष्ठमा शीर्ष स्थान पाएको छ । 
आज समीक्षित दैनिकमा कान्तिपुरले मात्र यो समाचार अन्तिम पृष्ठमा छापेको छ । कान्तिपुरको समाचारको शीर्षक छ - नेपाल इतिहास रच्दै फाइनलमा । नयाँ पत्रिकाले पहिलो पृष्ठमा यही समाचारको तस्बिर छापेको छ र समाचार प्रथम पृष्ठबाट सुरु गरेर अन्तिम पृष्ठमा विस्तारमा दिएको छ । प्रथम पृष्ठमा मूल समाचारको शीर्षक भने नयाँ पत्रिकाले नेपाल एक वर्षभित्र तेस्रो अन्तर्राष्ट्रिय कपको फाइनलमा राखेको छ । अन्नपूर्ण पोस्टको समाचार शीर्षक छ - एएफसी सोलिडारिटी कप नेपाल फाइनलमा । नागरिक र राजधानी दुवैले समाचार पाँच कोलममा फैलाएका छन् र शीर्षक पनि एउटै राखेका छन् - नेपाल फाइनलमा ।  
यसैगरी अधिकांश पत्रिकाले सम्पादकीय छनोटअनुसार महत्त्व धेरै वा थोरै दिए पनि नेपाली कांग्रेसको भातृ संस्था तरुण दलको पोखरामा शनिवार सुरु भएको तरुण दलको अधिवेशनको समाचार दिएका छन् । कान्तिपुरले तेस्रो पृष्ठमा ६ कोलममा उद्घाटन समारोहको तस्बिरसहित छापेको समाचारमा 'संविधान संशोधन भएमात्र चुनाव' भन्ने कांग्रेस सभापति शेरबहादुर देउवाको कथनमा आधारित शीर्षक राखेको छ । तर, पाठकको आँखा भने त्यही समाचारभित्र रंगीन बक्समा दिइएको 'नेतृत्व टाँस्ने तयारी' उपशीर्षकमा जान्छ । समाचारअनुसार कांग्रेसका शीर्षस्थ नेताहरूबीच तरुण दलको नेतृत्वका लागि चुनाव नगर्ने समझदारी भएको छ र सभापति देउवाले सर्वसम्मत नाम चयन गर्न निर्देशन समितिलाई जिम्मा दिइसकेका छन् । नयाँ पत्रिकाले यही समाचार 'तरुण दलको चौथो महाधिवेशन सुरु' शीर्षकमा तेस्रो पृष्ठमा तस्बिरसहित दिएको छ र केही सामान्य जानकारी तथा उद्घाटन सत्रका वक्ताहरूको भाषणको सार पनि छापेको छ । अन्नपूर्ण पोस्ट पाँचौँ पृष्ठमा तस्बिरसहित पाँच कोलममा छापेको तरुण दलको महाधिवेशनसम्बन्धी समाचारको शीर्षक सभापति देउवाको भनाइ 'अब चुनावको तयारीमा जुट्नुहोस्' राखेको छ भने राजधानीले दोस्रो पृष्ठमा तस्बिरसहित औपचारिक शीर्षक राखेर यो समाचार छापेको छ । तरुण दलको समाचारलाई सबैभन्दा ठूलो ठाउँ नागरिकले दिएको छ दोस्रो पृष्ठको आठै कोलममा २ वटा तस्बिर र काठमाडौ र पोखराबाट लेखिएको २ वटै समाचार दिइएको छ । समाचारको शीर्षक भने कान्तिपुरसँग मिल्दोजुल्दो छ । एउटा समाचारको शीर्षक 'नेतृत्व सर्वसम्मत बनाउन सुझाव' र अर्को समाचार 'पद भागबन्डा गरी मिलाउन गृहकार्य' शीर्षकमा छापिएको छ । 
सबैजसो दैनिक पत्रिकाले छापेका अर्को समाचार संविधान संशोधनका विषयमा छ । कान्तिपुरले यसलाई 'संशोधन प्रस्ताव ३ अध्यक्षले टुंग्याउने' शीर्षकमा छापेको छ र सत्ता साझेदार नेताहरू प्रधानमन्त्री पुष्पकमद दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिवार भएको भेटमा त्यस्तो समझदारी भएको लेखेको छ । नयाँ पत्रिकाले समाचारको शीर्षक राखेको छ - 'संविधान संशोधनमा अझै प्रगति भएन' । प्रधानमन्त्रीले बोलाउँदा पनि मधेसी नेता उपेन्द्र यादव बालुवाटार नभएको समाचार पनि दिएको छ । नयाँ पत्रिकाले नागरिकतासम्बन्धी विवादको समाचार पनि यसैका समावेश गरेको छ । अन्न्पूर्ण पोस्टले तेस्रो पृष्ठमा दाहाल र देउवा भेटको समाचारको शीर्षक राखेको छ - 'संशोधन सबैसँग छलफलपछि' । राजधानीले भने प्रथम पृष्ठमै दिएको छ संविधान संशोधनको समाचार तर शीर्षक अरूभन्दा बेग्लै छ - 'प्रतिपक्ष सहमत नभए पनि तीन दिनभित्रै संशोधन विधेयक' । समाचारको आधार दाहाल देउवा भेटलाई नै बनाइएको छ भने प्रधानमन्त्रीका प्रेस सल्लाहकारलाई उद्धृत गरिएको छ । नागरिकले पनि यही विषय र दाहाल देउवा भेटकै सेरोफेरोमा समाचार लेखेको छ । 'अंगीकृतलाई चार पदमा निषेध' शीर्षक राखेर नागरिकले निकै विवादमा रहेको विषयलाई शीर्षकमै स्पष्ट पार्ने प्रयास गरेको छ । 
कान्तिपुरले आज प्रथम पृष्ठमा छापेको २ वटा समाचार भने मानवीय हितमा रहेका छन् । मधेस आन्दोलनमा मारिएका सप्तरी भारदहका युवाकी पत्नीको बिलौना 'अब कहाँ जाऊँ ?'लाई कान्तिपुरले आज ६ कोलमको शीर्ष समाचार बनाएको छ भने जुम्लामा मानसिंहको परिवारलाई बाबुराम भट्टराईले दिएको आश्वासन पूरा नभएको अर्को समचार छ । नयाँ पत्रिकाले कक्षा १२ मा एसएलसी भन्ने पुरानै समाचारमा १० कक्षामा माध्यमिक परीक्षा लिइने जानकारी प्रथम पृष्ठमा एंकर समाचार बनाएको छ । अन्नपूर्ण पोस्टले 'आईजीपी हटाउने खेल' शीर्षकमा प्रथम पृष्ठमा दिएको समाचारअनुसार सत्ता साझेदार दलका शीर्ष नेतृत्व नै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई हटाउन लागेको छ । अन्नपूर्ण पोस्टले प्रमुख महत्त्व दिएको समाचारको शीर्षक छ - 'दाहालको व्यस्तताले पुनःनिर्माण छायामा' । दाहालकै कारण समितिका बैठकहरू बस्न नसकेको समाचारमा उल्लेख गरिएको छ । तर, दाहाल प्रधानमन्त्री नहुँदै गठित राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कार्यशैली प्रभावकारी नभएको विषय भने समाचारमा आएको छैन । 
राजधानीले प्रथम पृष्ठमा १५ जिल्लाबाट पुनःसंरचना प्रतिवेदन नआएको र अमेरिकाबाट प्रहरीले ९ वटा कुकुर ल्याउन लागेको समाचार पनि प्रथम पृष्ठमा छापेको छ । नागरिकले प्रथम पृष्ठमा डा. गोविन्द केसीले २४ घन्टे अल्टिमेटम दिएको र अलैँची खेतीको समाचार पनि पहिलो पृष्ठमा अटाएको छ । 
सम्पादकीय 
नागरिकले सम्पादकीयको शीर्षक वैदिक मन्त्रबाट प्रभावित भएर राखेको छ - अँध्यारोबाट उज्यालोतिर । लामो सम्पादकीयमा बिजुलीको उत्पादनको फेहरिस्त दिँदै लेखेको छ - 'आन्तरिक उत्पादन बढाएर होस् वा भारतबाट आयात गरेर प्रणालीमा विद्युत् नथपी सिंगो मुलुकमात्र होइन उपत्यकालाई नै अँध्यारोबाट मुक्त गर्न सकिँदैन ।' 
राजधानी र नयाँ पत्रिकाले सरकारका सय दिनका उपलब्धिका विषयमा सम्पादकीय लेख्दै सरकारले अपेक्षित काम गर्न नसकेको ठहर गरेका छन् । 
अन्नपूर्ण पोस्टले पहिलो पृष्ठमा छापेको प्रहरी महानिरीक्षक हटाउने चलखेलसम्बन्धी समाचारकै विषयमा सम्पादकीय लेखेको छ । सम्पादकीयको शीर्षक - 'प्रहरीमा राजनीति' रहेको छ । राजनीतिक नेतृत्वको नियतमा शंका गर्दै अन्नपूर्ण पोस्टको सम्पादकीयमार्फत्र प्रश्न गरिएको छ - 'एउटा नियमअन्तर्गत प्रहरी प्रमुख नियुक्त भएपछि त्यो कार्यकाललाई किन छोट्ट्याइँदै छ, कुनै व्यक्तिलाई फाइदा पुर्‍याउन या प्रहरी संयन्त्रलाई सक्षम बनाउन ? यो निर्णय लिँदा संस्थाभित्रका अधिकृतदेखि निम्न तहका कस्तो प्रतिक्रिया होलान् ? खासगरी नौ महिनाका लागि बनेको सरकारले दूरगामी महत्त्वको निर्णय लिन हुन्छ कि हुँदैन ? ' पोस्टको सम्पादकीयमा अहिलेको राजनीतिक नेतृत्वलाई 'जवाफदेहीविहीन र निकैहदसम्म भ्रष्ट' भन्दै त्यसले प्रहरी महानिरीक्षक हटाउने निर्णय गर्‍यो भने जनताले 'अनेक अड्कलवाजी' गर्ने चेतावनी पनि दिएको छ । 
कान्तिपुरले किसानले बालीको मूल्य नपाउने तर बिचौलियाले धेरै नाफा खाने विसंगति उजागर गर्दै सरकारलाई अहिलेको नीतिमा सुधार गर्न सुझाव दिँदै लेखेको छ - 'जसले फलाउँछ गतिलो फल उसैले पाउनुपर्छ । बिचौलिया पोस्ने प्रचलन तुरुन्त बन्द गरिनुपर्छ ।' यसका लागि कस्तो उपाय वा विधि अपनाउनुपर्छ भन्ने विषयमा भने लामो सम्पादकीयमा कुनै उल्लेख गरिएको छैन । राज्यको हस्तक्षेपले मात्र किसानले उचित प्रतिफल पाउन सक्तैनन् भन्ने विषयमा कान्तिपुरको सम्पादकीय अन्योलमा देखिन्छ ।   
      
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  ०९:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro