site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधुमेहः चालिस प्रतिशत बिरामीको आँखामा असर
काठमाडौं । मधुमेहका बिरामी बढेसँगै त्यसको असर पीडितका आँखामा नराम्ररी परेको पाइएको छ । 
मधुमेहका कारण ३८ दशमलव ५ प्रतिशत बिरामीको आँखामा असर पर्ने देखिएको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाएको छ । मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिब सबै र दोस्रो प्रकारको मधुमेहमा करिब दुई तिहाइ बिरामीको आँखाको पर्दा (आँखाको भित्री भागमा रहेको दृष्टिका लागि अत्यन्तै महत्वपूर्ण स्नायु तन्तुले बनेको पारदर्शी झिल्ली अर्थात् रेटिना)मा असर परिसक्ने चिकित्सक बताउँछन् । 
तिलगङ्गा आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा रबा थापा मधुमेहले आँखाको पर्दामा असर गरेपछि यसको लक्षण तत्कालै नदेखिए पनि धेरै असर गरिसकेपछि मात्र थाहा हुने र यतिबेला उपचारपछि पनि राम्रो दृष्टि फर्काउन गाह्रो हुने बताउँछन् । 
उनले सो रोग लागेका बिरामीले समयमै आँखाको जाँच नगर्दा त्योति नै गुमाउन सक्ने अवस्था आउने गरेको बताए । नेपालमा अहिले नौ लाखभन्दा बढी मानिसमा मधुमेह भएको अनुमान छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा प्रत्येक १० सेकेन्डमा एक व्यक्ति मधुमेहको बिरामी बन्ने गरेको तथा एक जनाभन्दा बढीको मधुमेहजन्य रोगको समस्याकै कारण मृत्यु हुने गरेको छ । 
विश्व मधुमेह महासङ्घका अनुसार सन् २०१५ मा विश्वभरमा ५० लाख मधुमेह रोगीको मृत्यु भएको थियो । डा थापाका अनुसार मधुमेहले आँखाको रक्तकोशिकामा असर गरी पर्दाको रक्तसञ्चारमा असर गर्छ । यसले गर्दा पर्दाको दृष्टि केन्द्रमा सुजन तथा रक्तश्राव हुन गई दृष्टि कमजोर हुन जान्छ । 
संसारमा कुल अन्धोपनामध्ये ४ दशमलव ८ प्रतिशत अन्धोपना डायबेटिक रेटिनोपेथीको कारणले हुने गरेको छ । चिकित्सकका अनुसार मधुमेहले रेटिनाको रक्त नसामा पनि असर गर्छ । समयमै ध्यान नपुर्याउने हो भने यसको असरले दृष्टि कमजोर पार्नाका साथै व्यक्तिलाई अन्धो समेत बनाउन सक्छ । यसलाई डाइबेटिक रेटिनोपेथी भनिन्छ । 
मधुमेहले असर गर्दा सुुरुमा आँखाको पर्दामा रक्तश्राव हुने, चिल्लो पदार्थ जम्मा हुने र सुजन देखापर्छ । समयमै उपचार नभए अत्यधिक रक्तश्राव भई आँखाको दृष्टि सधैँका लागि गुम्ने खतरा हुन्छ । त्यसका कारण मधुमेहका बिरामीले समय समयमा आँखाको जाँच गराइरहन आवश्यक छ । 
मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराई मानिसको जीवनशैलीमा आएको परिवर्तन जस्तै, गुलियोप्रेमी हुनु, बढी नुनिलो चिज मन पराउनु, चिल्लोयुक्त खानपान, अत्यधिक कार्बोहाइड्रेटयुक्त खानेकुराका कारण मोटोपन बढी मधुमेहले महामारीको रूप लिँदै गएको बताउँछन् । 
उनले नेपाल लगायत दक्षिण एसियाली मुलुकमा अस्वस्थकर खानपानका कारण मधुमेहले ठूलो रुप लिन थालेको बताए ।  
नेपालमा खासगरी मोटोपना भएका र शारीरिक व्यायाम कम गर्नेमा मधुमेह देखिएको छ । यी दुवै समस्यालाई समयमा समाधान गरेमा उपचार सम्भव छ । यसले आँखा मात्र होइन पछि गएर मानिसका महत्वपूर्ण अङ्गलाई काम नलाग्ने बनाउन सक्छ, जस्तै, हृदयरोग, मस्तिष्काघात, अन्धोपना र पक्षाघात । त्यसकारण व्यक्तिगत कुरामा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ । 
डा भट्टराईका अनुसार स्वस्थ खानेकुरा खाने र चिनीगुण भएका खानेकुरालाई नियन्त्रण गर्ने, प्रोटिनयुक्त, रेसादार खानेकुरा आवश्यकतानुसार मात्र खाने गर्दा पनि रोगमा धेरै कमी आउँछ ।” त्यस्तै दैनिक ३० मिनेट व्यायाम गर्दा वयस्कलाई तौल नियन्त्रण गर्न मद्दत गर्छ । 
सरकारले बालबच्चालाई प्रभाव पार्न बनाइएका बजारिया खानामा नियन्त्रण गरी मधुमेहको जोखिम नियन्त्रण गर्न कार्यक्रम ल्याउन तथा अव्यवस्थित र लेबल नलगाइएका खानेकुराको बिक्रीमा प्रतिबन्ध लगाउनुपर्ने तथा स्वास्थ्य हेरविचार कार्यक्रमलाई बढाउने र मधुमेहबारे शैक्षिक जागरण कार्यक्रमलाई बढाउनुपर्ने चिकित्सकको सुझाव छ । जोसुकैले पनि कम्तीमा वर्षमा एक पटक शरीरमा रहेको चिनीको मात्रा जाँच गराउनुपर्ने चिकित्सक बताउँछन् ।
मुख सुक्खा हुने, पिसाब लागिरहने, धेरै भोक लाग्ने, तौल घट्ने, घाउ निको समय लाग्ने, हातगोडा झमझमाउने, निदाउने वा गल्ने जस्ता लक्षण देखिएमा तुरुन्त जाँच गराउनु आवश्यक छ । 
मधुमेह रोगको रोकथामबारे जनचेतना जगाउने उद्देश्यका साथ सन् १९९१ मा विश्व स्वास्थ्य सङ्गठन र अन्तर्राष्ट्रिय मधुमेह महासङ्घले नोभेम्बर १४ तारिखलाई विश्व मधुमेह दिवसका रुपमा मनाउँदै आएको छ । ‘मधुमेहमा आँखा’ भन्ने नाराका साथ यस वर्ष पनि तिलगङ्गा आँखा प्रतिष्ठानले यही कात्तिक २३ देखि २९ सम्म मधुमेहबाट आँखामा असरसम्बन्धी सचेतना सप्ताहका रुपमा मनाइरहेको छ । रासस 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७३  ०९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro