site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । नेपालको पुँजी बजारमा बैंक तथा वित्तीय संस्थाको भन्दा लघुवित्त संस्थाको सेयर मूल्य महँगो छ ।
अधिकांश बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य १ हजार रुपैयाँभन्दा कम भइरहेको बेला लघुवित्त संस्थाको सेयर मूल्य भने ५ हजार नजिक छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सुगम क्षेत्रमा लघुवित्त संस्था खोल्न अनुमतिपत्र दिन बन्द गरेपछि पछिल्लो समय लघुवित्तीय संस्थाको सेयर बढेको हो । 
करोड लगानीमा खुलेका लघुवित्त संस्थाको सेयर मूल्य अकासिएपछि पुँजीकरण मूल्य पनि बढेर अर्बौं रुपैयाँ पुगेको छ । 
पछिल्लो समय लघुवित्तीय संस्थाको प्रतिफल राम्रो देखिएकाले सेयर मूल्य बढेको नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष नरेन्द्र सिजापति बताउँछन् । “अधिकांश लघुवित्त संस्थाको प्रतिफल बढी देखिएको छ,” उनले भने, “यही कारणले सेयर मूल्य बढेको हुनसक्छ ।” नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षदेखि निक्षेप र कर्जाको स्प्रेड दर तोकेकाले चालु आवदेखि उनीहरूको नाफा घट्ने सम्भावना रहेको उनको भनाइ छ । उनका अनुसार लघुवित्त संस्थाले ६० प्रतिशतसम्म लाभांश दिन थालेका छन् । 
सबैभन्दा बढी सेयर मूल्य हुनेमा नागबेली लघुवित्त विकास बैंक छ । नागबेलीको सेयर ४ हजार ५२० रुपैयाँमा कारोबार भएको छ । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको नागबेलीको चुक्ता पुँजी साढे २ करोड रुपैयाँ छ । नागबेलीको सेयर मूल्य बढेपछि उसको बजार पुँजीकरण बढेर १ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै किसान माइक्रोफाइनान्स लिमिटेडको मूल्य ३ हजार ७६३ रुपैयाँ छ । किसानको पुँजीकरण ७५ करोड २६ लाख रुपैयाँ पुगेको छ । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ३ हजार १८५, जनउत्थान सामुदायिक लघुवित्त विकास बंैंकको २ हजार ८९९ रुपैयाँ र समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको २ हजार ८५० रुपैयाँ सेयर मूल्य पुगेको छ । 
यसैगरी स्वावलम्बन विकास बैंकको २ हजार २ सय र एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको २ हजार ९० रुपैयाँ सेयर मूल्य छ । छिमेक लघुवित्त विकास बैंकको २ हजार ४० र स्वरोजगार लघुवित्त विकास बैंकको २ हजार रुपैयाँ छ । सबैभन्दा कम सेयर मूल्य मेरो माइक्रोफाइनान्स विकास बैंकको ४११ रुपैयाँ छ । सबैभन्दा बढी बजार पुँजीकरण भएको लघुवित्त संस्थामा छिमेक लघुवित्त विकास बैंक भएको छ । उसको बजार पुँजीकरण १२ अर्ब १५ करोड रुपैयाँभन्दा बढी छ । छिमेकको सेयर मूल्य २ हजार ४० रुपैयाँ छ । 
स्वाबलम्बन विकास बैंकले आफ्ना सेयरधनीलाई ३५ प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद लाभांश गरी झण्डै ५६ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट गत असारसम्ममा कुल ४२ लघुवित्तीय संस्थालाई कारोबार गर्न स्वीकृति प्रदान गरेको छ । यीमध्ये २४ लघुवित्त संस्थाले सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासन गरी नेप्सेमा सूचीकृत भएका छन् । अन्य लघुवित्त संस्थाले पनि साधारण सेयर निष्कासनको तयारी गरेका छन् । ४२ मध्ये ७ वटा लघुवित्त संस्थालाई राष्ट्रिय स्तरको कारोबार गर्न लाइसेन्स दिइएको छ । न्यूनतम डेढ करोडदेखि कारोबार क्षेत्रका आधारमा १० करोड रुपैयाँसम्म चुक्ता पुँजी तोकेको छ ।
राष्ट्रिय स्तरका लघुवित्त संस्थाको भन्दा क्षेत्रीय र जिल्ला स्तरको सेयर मूल्य बढी छ । राष्ट्र बैंकले निर्धन उत्थान, रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेड, छिमेक, डिप्रोक्स, साना किसान, स्वावलम्बन र नेरुडे लघुवित्त विकास बैंकलाई राष्ट्रिय स्तरका वित्तीय संस्था भनेको छ ।
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७३  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro