साहित्य
काठमाडौं । मानव तस्करी गरी महिलाहरु विदेशमा बेचिने गरेको यथार्थतालाई गीतमा उतारेर बजारमा ल्याइएको छ । ‘उद्धार गरौं नेपाली चेलीलाई’ बोलको गीतमा खाडी राष्ट्रमा वैदेशिक रोजगारीमा महिलाहरु बेचिने गरेको कथालाई समावेश गरिएको छ ।
मुना थापाको स्वर रहेको गीतले उद्धार गर्दै महिलालाई बेच्ने दलाललाई कडा बारबाही गर्न माग गरिएको छ । शब्द शंकलन डोल्मा शेर्पा रहेको गीतमा लय शंकलन रत्न बुढा क्षेत्रीको छ । गीतमा साउदी, कतार, दुबै, मलेसियालगायतका देशमा महिला माथी यौन शोषणसँगै सयौं नेपाली नारी मारिने गरेको उल्लेख गरिएको छ ।
दलालको मिठो बोली र आश्वासनमा नफस्न समेत आग्रह गर्दै गीतमा विदेशी भूमी हुँदै विदेश लैजाने गरेको यर्थाथ कथा उल्लेख छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७३ १४:१२
प्रतिक्रिया दिनुहोस्