site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फ्राइडे रिलिजः ‘जात्रा’ र ‘जंगबहादुरको कोट’ प्रदर्शनमा
काठमाडौं । चुम्वनको दृश्यले चर्चामा रहेको नेपाली कथानक चलचित्र ‘जंगबहादुरको कोट’ र ‘जात्रा’ आज (शुक्रबार)बाट प्रदर्शनमा आएका छन् ।  
आशिष भेटवालले निर्देशन गरेको चलचित्र ‘जंगबहादुरको कोट’ अभिनेता विमलेश अधिकारी र अभिनेत्री सुचित्रा आचार्यको चुम्बनको दृश्यले चर्चामा छ । अधिकांश दृश्य अष्टे«लियामा खिचिएको चलचित्रमा जंगबहादुरको कोटको चर्चालाई महत्व दिइएको छ । इतिहांसिक महत्वका बस्तुको तस्करी कसरी हुन्छ भन्ने विषय नै चलचित्रको मुख्य कथानक हो । 
‘जंगबहादुरको कोट’ मा विमलेश अधिकारी, सुचित्रा आचार्य, अनुप बराल, आलोक कार्की, विश्व बस्नेत, विपुल ज्ञवालीलगायतले अभिनय गरेका छन् । 
यता, प्रदिप भट्टराइले निर्देशन गरेको चलचित्र ‘जात्रा’को मुख्य रोलमा विपिन कार्की, रविन्द्रसिंह वानिया, रविन्द्र झा, वर्षा राउतलगायतका कलाकार छन् । 
न्युरोडका तीन जना व्यापारीले पैसाका लागि गरेको संघर्ष नै ‘जात्रा’ को मूख्य विषय हो । नाई, कपडा र स्टेसनरी व्यापारीले पैसाका लागि गरेको संघर्षलाई चलचित्रमा देखाइएको छ ।
प्रिमियरमा पाएको वाहवाहीका कारण ‘जात्रा’ ढुक्क देखिएको छ भने ‘जंगबहादुरको कोट’ लाई दर्शकले कसरी हेर्छन् हेर्न बाँकी नै छ । 
 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७३  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro