site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युथ र जुनियर भारोत्तोलन नेपालमा हुने
काठमाडौं । एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपको अर्को संस्करण नेपालमा हुने भएको छ । जापानको टोकियोमा भइरहेको एसियाली युथ तथा जुनियर भारोत्तोलनका दौरान बुधबार भएको एसियाली भारोत्तोलन महासंघको कार्यकारी बैठकले उक्त प्रतियोगिता नेपालमा आयोजना गर्ने निर्णय गरेको हो । 
प्रतियोगिता २०१७ को जुलाई २१ देखि ३० तारिखलाई तय भएको नेपाल भारोत्तोलन संघले जनाएको छ । नेपालले युथ, जुनियर तथा सिनियर भारोत्तोलन च्याम्पियनसिपका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेको थियो । त्यसमा एसियाली सिनियर च्याम्पियनसिप आयोजनाको अवसर भने कोरियालाई प्रदान गरेको छ ।
बैठकमा दक्षिण एसियाली भारोत्तोलन संघका उपाध्यक्ष एवं एसियाली भारोत्तोलन महासंघका अध्यक्ष मोहम्मद युसुफ अल्मानाका सहायकसमेत रहेका नेपाल भारोत्तोलनका अध्यक्ष रतनकुमार टण्डनले भाग लिएका थिए ।
यसअघि नेपालले सन् २०१५ को अगस्टमा सिनियर एसियाली भारोत्तोलन च्याम्पियनसिप आयोजनाको जिम्मेवारी पाएको थियो । तर, २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण त्यो प्रतियोगिता थाइल्यान्डमा सारिएको थियो । 
 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७३  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro