site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हजार र ५०० दरका भारु नोट तीन करोडभन्दा बढी
काठमाडौँ । मुलुकका बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट इजाजत प्राप्त सटही केन्द्रसँग एक हजार र ५०० दरका भारतीय नोट तीन करोड ३६ लाख ९० करोड रहेको छ । 
हजार र ५०० दरका नोटमाथि भारतको केन्द्रीय सरकारले प्रतिबन्ध लगाएपछि ती नोटबारे सर्वसाधारण नेपालीमा अन्योल बढेपछि राससको जिज्ञासामा नेपाल राष्ट्र बैंकले सो जानकारी दिएको हो । राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितका अनुसार सर्वसाधारणसँग रहेको रकमको व्यवस्थापन र बैंकिङ प्रणालीमा रहेको रकमबारे जानकारी सहित राष्ट्र बैंकले आजै रिजर्भ बैंक अफ इन्डियालाई पत्र पठाएको छ । 
बैंक तथा वित्तीय संस्थासँग रहेको उक्त रकम नै अन्तिम भएको सहप्रवक्ता पण्डितले जानकारी दिए । मुलुकका बैंक तथा वित्तीय संस्थामा उक्त दरका नोटका ठूलो रकम नभएको तर सर्वसाधारणसँग ठूलो रकम भएको अनुमान गरिएको छ । 
उनका अनुसार भारत सरकारले अवैधानिक र गैरकानुनी रुपमा राखिएका रकम नष्ट गर्ने उद्देश्यले उक्त नीति लिएको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार राष्ट्रका नाममा सम्बोधन गर्दै जाली नोटलाई निरुत्साहित गर्न भारु ५०० र एक हजारका नोट पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । 
उनले सम्बोधनका क्रममा सर्वसाधारणलाई यही कात्तिक २५ देखि आगामी पुस १५ गतेसम्म आफूसँग भएका उक्त दरका नोट बैंक तथा हुलाक मार्फत जम्मा गर्न आग्रह गरेका थिए । रासस
 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७३  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro