देश
काठमाडौं । काठमाडौंमा बसेर एटीएम ह्याक गरी रकम निकाल्ने दुई टर्किस नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले टर्किस नागरिक मुहारिम युजुन र सलाहटिन यावरलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
विभिन्न दरका नेपाली रुपैयाँ २६ लाख ७५ हजार, युरो एक हजार ७ सय, अमेरिकी डलर १ हजार ६ सय ६० विभिन्न एटीएम कार्डसहित प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले यसअघि ४ रोमानियन, ३ टर्कीस् र दुई बुल्गेरियन नागरिक पनि पक्राउ गरिसकेको छ ।
नेपालमा रकम निकालेर डलर साटेर विदेश जाने योजनामा रहेका उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७३ १५:१५
प्रतिक्रिया दिनुहोस्