site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शाइन रेसुङ्गा विकास बैंकको नाफा बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा बढेको छ । ३ महिनामा बैंकले ६ करोड ७८ लाख रुपैयाँ नाफा गरेको छ । 
गत आवको सोही अवधिमा बैंकले ४ करोड ६२ लाख रुपैयाँ नाफा गरेको थियो । गत आवमा बैंकको नाफा २६ करोड ९६ लाख रुपैयाँ थियो । चालु आवको पहिलो त्रैमासमा नाफा, निक्षेप परिचालन र कर्जा लगानी विस्तार भएको बैंकले बुधबार सार्वजनिक गरेको वित्तीय प्रतिवेदनमा उल्लेख छ । 
समीक्षा अवधिमा बैंकले ९ अर्ब ५ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत असारसम्म बैंकको निक्षेप परिचालन ८ अर्ब ३८ करोड रुपैयाा थियो । यस्तै समीक्षा अवधिमा बैंकले ८ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत असारसम्म बैंकले ७ अर्ब २८ करोड रुपैयाँ लगानी गरेको थियो । बैंकको चुक्तापुँजी १ अर्ब १० करोड २८ लाख रुपैयाँ छ । बैंकको खराव कर्जा १ प्रतिशत तल छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६२ पैसा छ । 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७३  १०:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro