site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘हाम् को नयाँ जीवन दे दिया..’
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
भारत। आँखाबाट आँसु खसेन, न त मुखबाट बोली नै फुट्यो । आलिङ्गन गर्ने होस जुटेन । खुसीले मुटु भक्कानियो । मञ्जुदेवी निःशब्द बनिन् । छत्तीस वर्षीय निरजले पाउमा ढोगे । चिनेजानेका अरुलाई पनि उनले ढोग गरे । निरजका झैं गाउँलेका आँखामा आँशु टिलपिलाए । 
पिंढीको खाटमा निरज थ्याच्च बसे । कोही बोल्न सकेनन् । हेराहेर मात्रै भयो । एकछिन सन्नाटा छायो । निरजका नजर सबैतिर डुले । पाँच वर्षकी छोरी सनिकुमारी पहिलो भेटमै नौलोको काखमा लुटपुटिइन् । ऊ पनि आश्चर्यचकित भयो । 
एक सय वर्षकी हजुरआमा दादी चम्पादेवी सकि नसकी निस्किइन् । नातिको अनुहार सुम्सुम्याई । आँशु खसाल्दै आवाजविहीन तोते बोलीले हालखबर सोधिन् । म्वाइँ खाइन् । 
‘कलेजा जोड्गिया अर क्या’ जिज्ञासामा आमा मञ्जुदेवीबाट मलिन स्वरमा फुत्त वाक्य निक्लियो । 
विहार राज्यको सारन डिस्ट्रिक । थाना अखिलपुर । वाकरपुर ग्राम । रक्सौलबाट करिव साढे २ सय किलोमिटर पटनाबाट केही पर सोना नदी । नदीपारि करिब ७ किलोमिटरको दूरी । दुई नदीको बीचको टापूमा सानो गाउँ । बर्खाका बेला बाढी पस्ने । हिउँदमा पाँगो र बालुवाले भरिने । त्यही गाउँमा बिहीबार कल्पनै नगरिएको पारिवारिक मिलाप भयो । 
आस हराएकाको सास आइपुगेपछि परिवारलाई पत्याउन मुस्किल भइरहेको थियो र यसबीचमा बाबुजी कमलाकान्त सिंहले भने, ‘संसार धर्ती उज्वल भैलिया ।’ 
निरजले भारतको गवाँटीमा रहेको काकाका छोरा सन्तोष सिंहको फर्निचर उद्योग पुगेर करिब २ महिना काम गरे । केही मानसिक समस्या समेत देखिएपछि उनलाई सन्तोषले घर फर्काइदिए । उनी घर पुगेनन् । आफन्तजन सबैतिर खोजियो तर उनको पत्तो लागेन । यो सन् २०११ को अन्त्यतिरको कुरो हो । 
तिन सुकियाबाट आसाम जाने ब्रम्हपुत्र रेलमा चढेका थिए उनी । रेलवेमा पनि सोधियो । छोराको तस्बिर लिएर कमलकान्तले सहर चहारे । गाउँवस्ती घुमे । कहीं पत्तो लागेन । आमा शोकमा परिन् । सात दिनपछि परिवारले डिसेम्बर ३१ मा प्रहरी थानामा निरज हराएको भन्दै निवेदन दिए । स्थानीय पत्रिकामा हराएको सूचना पनि छापियो । कहीं कतैबाट कुनै जानकारी नआएपछि भगवान् भरोसामा बस्न थाले परिवार । परिवारले भुलिसकेका थिए । मात्र काजकिरिया गर्न बाँकी थियो । ‘आशै नै था,’ सन्तोषले भने । 
घरको कुल धान्ने एक मात्र छोरो । दुई दिदीबहिनीका एक्ला निरज हराएपछि बालखा छोरी सनीकुमारीलाई छाडेर श्रीमती दुई तीन वर्षदेखि घरमा छैनन् । 
उनीहरु हिन्दी वा रैथाने भाषामा कुरामा गरिरहेको थिए । पुरानो चारैतिर घेरिएको घर र बीचमा खुला आँगन । बुधबार एक्कासी फोन आयो । छोरा भेटिएको नेपालबाट खबर आएको कुरा गाउँका अन्य व्यक्तिबाट खबर पाए । छोरा नेपालमा छ । जिउँदै छ । नेपालबाट फेसबुकमा पठाएको तस्वीर पनि पुग्यो घरमा । मोबाइलबाट फोटो पनि हेरे । आमा मञ्जुदेवीलाई भने विश्वास लागिरहेको थिएन । निरज जिउँदो रहेको खबर गाउँभर आगो झै फैलिसकेको थियो । 
मञ्जुदेवीको घरमा गएको बुधबारदेखि नै भीडले छोप्न थालिसकेको थियो । मानवसेवा आश्रम चितवनका अभिभावक तथा समाजसेवी केशव अधिकारी मार्फत खबर घरमा पुगेपछि गाउँलेले आश्रम र उनलाई भगवान् सम्झेका छन् । टेलिफोनबाट ठूलो प्रयासपछि परिवारका सदस्य पत्ता लगाएको अधिकारी बताउँछन् । 
छोरा फेला परेको खबरले उत्साहित भएका बाबु कमलाकान्त र उनका सहयोगी बलेखर शाह बुधबार घरबाट रक्सौल हिँडिसकेका थिए । घर परिवार र यी दुईको फोन सम्पर्क जारी थियो । उनीहरु नेपालमा पनि बेलाबेलामा सम्पर्कमा आउँथे । निरजसँगै केशव अधिकारी, अर्का अभिभावक प्रेमप्रभा अधिकारी र आश्रमका अभियन्ता राजगोपाल श्रेष्ठ निस्किए । निरजलाई घर पुग्न हतारो थियो । ‘जब स्वास्थ्य राम्रो भयो त्यो दिनदेखि घर पहुँचा दो भनिरहनुहुन्थ्यो’, अभियन्ता राजगोपालले सुनाए । 
गाडीमा पनि उनले भनेका थिए – ‘हाम् को नयाँ जीवन दे दिया । आप लोगों उपरवालें हो ।’ 
घरपरिवारको नाम, ठाउँ, ठेगाना सबै निरजले नै लेखेर दिएपछि खोज्न सजिलो भएको हो । नेपाली ढाका टोपीमा थिए निरज । वीरगञ्जको भारतीय सीमामा लिन आइपुगेका उनका बुवा कमलाकान्त भेटेपछि उनले खुट्टा ढोंगे । गाडीमा छँदै आमाको फोन बारम्बार आइरहेको थियो । ‘बेटा मिलगयल बा, हम् लेकर आ रहा हे’, जवाफ फर्काइयो । 
विसं २०७३ साउन २९ गते मानवसेवा आश्रम चितवनका अभियन्ता सडक सेवामा निस्किएका बेला नारायणी पुल नजिकै गैंडाकोटको यात्रु प्रतिक्षालयमा कपडाविहीन अवस्थामा निरज भेटिएको थियो । निधारमा गम्भीर चोट र शरीरका विभिन्न भागमा घाउ थियो । आक्रामक भएकाले जबरजस्ती उठाएर ल्याइएको थियो । गन्धले उनको नजिक जानसक्ने अवस्था थिएन । 
‘झुस्स दारी–कपाल थियो, मानसिक अवस्था पनि ठीक थिएन,’ उद्धारकर्ता आदर्श ढकाल आफ्नो अनुभव सुनाउँछन् । उद्धार गरेर ल्याइएपछि उनको सरसफाइदेखि औषधोपचार सुरु भयो । छोटो समयमै बोल्न सक्ने भए र नाम ठेगाना बताए । घर जाने भने पनि खुसी लागेको आश्रमकी संयोजक रुपा केसी सम्झन्छिन् । 
घरमा खेतीकिसान गरेर बस्ने धोको सुनाएका उनले आगामी दिन आफूजस्तै असहायको सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । 
मानवसेवा आश्रमले चितवन, मकवानपुर र काठमाडौँमा गरी अहिलेसम्म सडकबाट ५०० जनाको उद्धार गरेकामा १६६ जनालाई यसरी नै परिवारसँग पुनर्मिलन गराइसकेको छ । रासस 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७३  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro