site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौँ । गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगमा दुई दर्जनभन्दा बढी जिल्लाको पुनःसंरचना प्रतिवेदन प्राप्त भएको छ । 
आयोगले कात्तिक पहिलो साता जिल्लामा नयाँ कार्यविधि पठाउँदै इलाकालाई आधार मानेर स्थानीय तहको पुनःसंरचना गर्न पत्राचार गरेको थियो । आयोगले पठाएको पछिल्लो कार्यविधिअनुसार २६ जिल्लाको पुनःसंरचना प्रतिवेदन प्राप्त भएको र बाँकी जिल्लाको आउने क्रम जारी रहेको आयोगका प्रवक्ता डा हरि पौडेलले राससलाई जानकारी दिए । 
स्थानीय तह पुनःसंरचनाको प्रतिवेदन प्राप्त जिल्लामा इलाम, खोटाङ, अछाम, रसुवा, जुम्ला, बझाङ, बाँके, प्युठान, सुनसरी, धनकुटा, सिन्धुपाल्चोक, दोलखा, चितवन, कास्की, ताप्लेजुङ, सुर्खेत, दार्चुला, म्याग्दी, डोटी, दैलेख, कञ्चनपुर, रामेछाप, बाजुरा, तनहुँ, पाल्पा र पाँचथर छन् । 
जिल्लामा स्थानीय विकास अधिकारीको संयोजकत्वमा गठित स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिको बैठकले क्रियाशील राजनीतिक दलका प्रतिनिधिसहित बैठक राखेर सहमतिका आधारमा जिल्लाको पुनःसंरचना प्रतिवेदन आएको आयोगले जनाएको छ । जिल्ला प्राविधिक समितिले जिल्लामा स्थानीय तहको सङ्ख्या र केन्द्र तोकेर आयोगमा सिफारिस गर्ने प्रावधान राखिएको छ । रासस 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७३  १४:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro