site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छठमा तराईका सबै जिल्ला लोडसेडिङमुक्त
काठमाडौं । तिहारमा काठमाडौं उपत्यकामा लोडसेडिङ नगरेको नेपाल विद्युत् प्राधिकरणले छठमा तराईका सबै जिल्लालाई लोडसेडिङमुक्त बनाएको छ । छठ मानिने तराईका सबै जिल्लामा शनिबारदेखि लोडसेडिङ नभएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । तराईका जिल्लामा छठ पछि पनि लोडसेडिङ कम गर्ने उनले बताए । लोडसेडिङ घटाउने भन्दा पनि हटाउने प्रयास भइरहेको उनले जानकारी दिए । 
पहिलो चरणमा काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाउने योजना प्राधिकरणको छ । माघ र फागुनमा लोडसेडिङ अन्त्य गर्न अलि समस्या हुने बताउँदै घिसिङले भने, “अरु महिनामा सहज रूपमा गर्न सकिने देखिएको छ ।”  लक्ष्मीपूजाको दिन आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका अतिरिक्त बनेपा, धुलिखेलदेखि पाँचखालसम्म ३१० मेगावाट बिजुली आपूर्ति गरेर लोडसेडिङमुक्त बनाएको प्राधिकरणले बताएको छ ।
तस्बिर : रासस
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७३  ११:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro