site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं । सिञ्चाई मन्त्रालयका सहसचिव सागर राई चढेको गाडीले शनिबार भक्तपुरको लोकन्थलीमा बालिकालाई किचेको छ । 
सिञ्चाई मन्त्रालयको बा १ झ ४६९४ नम्बरको प्राडोले मध्यपुर ठिमी नगरपालिका–१६ लोकन्थलीमा तीन वर्षीया बालिका सान्भी भुसाललाई ठक्कर दिई घाइते बनाएको हो ।
बाटोमा निस्कँदै गरेको बच्चालाई ठक्कर दिएको र बच्चा लडेपछि ब्याक गरेर मार्न खोजेको बालिकाका बुबा शंकर भुषालले जानकारी दिए । दुर्घटनापछि सवारी भागेको उनको भनाइ छ । 
“हजुरबुबा साथमा रहेका बच्चालाई तत्काल निकाल्न सकियो । छोरीको अवस्था गम्भीर छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ, बी एण्ड बी अस्पताल, ग्वार्कोको आईसीयूमा उपचार भइरहेको छ,” भुषालको भनाइ छ ।
उनले अगाडि भने, “ठक्कर पछि गाडी ब्याक गरेर किचेर मार्ने ड्राइभरको नियत देखिन्छ, पीडकलाई कडा कारबाही होस् ।”
 
चालक र गाडीलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।  ब्याक गरेर किचेको हुनाले बालिकाको अवस्था गम्भीर रहेको परिवार बताउँछ ।  
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७३  ०९:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro