site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२ बोडेमा किरा परेर कुहिएको अवस्थामा महिलाको शव फेला परेको छ । बोडेबाट मूलपानीतर्फ जाने मूल सडकबाट खेततर्फ जाने भित्र सडकको छेउमा अन्दाजी २७ वर्षकी महिलाको शव फेला परेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।

मृतक महिलाको टाउकामा चोट देखिएको जानकारी दिँदै उनले हत्या गरेर बोरामा हालेर एकान्त रहेको स्थानमा ल्याएर फ्याँकिदिएको हुन सक्ने आशङ्का रहेको बताए । मृतक महिला स्थानीय बासिन्दा नभएको र पहिचान पनि नभएको बताउँदै उनले प्रहरी वृत्त थिमि र अपराध अनुसन्धान महाशाखाको टोलीले अनुसन्धान अगाडि बढाएको जानकारी दिए । खेतमा गएर फर्कंदै गरेका स्थानीयवासीले शनिबार साँझ बोराभित्र महिलाको टाउकोमात्रै देखिने गरी शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७३  ०९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro