site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

झापा । झापाको बिर्तामोड नगरपालिका–१ स्थित चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आर्थिक विपन्नता भएका परिवारको  उपचारका लागि १० करोड रूपैयाँको सङ्कल्प अभियान सञ्चालनमा ल्याउने भएको छ । गरिब तथा विपन्न परिवारका व्यक्तिलाई कुनै पनि रोगबाट बचाउन उनीहरुको उपचारका लागि झापा जिल्लास्तरीय १० करोडको कोष खडा गर्नेगरी ‘सङ्कल्प अभियान’को घोषणा गरिएको हो । समर्पण राष्ट्रिय अभियान सम्पन्न गरिसकेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले पुनः आफ्नै  अगुवाइमा ‘सङ्कल्प अभियान’ घोषणा गरेको हो । 

सहारा मुख्य आयोजक रहेर झापाका ६८ सामाजिक संस्थाको साझेदारीमा समर्पण अभियान सफल बनाइएको थियो । सोही अभियानको निरन्तरताका रुपमा नयाँ सोचका साथ सङ्कल्प अभियान सुरु गर्न लागिएको सहारा नेपाल साकोसका सचिव तथा प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले घोषणा समारोहमा बताए । “अहिले गरिब तथा विपन्न व्यक्तिलाई स्वास्थ्य सेवा महँगो भएको छ,” गिरीले भने, “ ठूला प्रकारका रोगहरु लागेमा चन्दा सङ्कलन गर्ने उपचार गर्नुपर्ने बाध्यता छ । अतः त्यस्ता मानिसलाई अकाल मृत्युबाट बचाउन र उपचारमा सहयोग पुर्याउने उद्देश्यले १० करोड को झापा जिल्लास्तरीय कोषका लागि रकम सङ्कलन गरी सङ्कल्प अभियान सञ्चालन गरिनेछ ।”

KFC Island Ad
NIC Asia

उक्त कार्यका लागि सहारा नेपाल साकोसले एक करोड जम्मा गर्ने घोषणा गरेको छ । अन्य रकम इच्छुक सामाजिक व्यक्ति, सङ्घसंस्था, स्थानीय निकाय र अस्पतालबाट जुटाइने गिरीको भनाइ छ । पछिल्लो समय डेङ्गु ज्वरोको सङ्क्रमण बढेको बेला त्यस्ता रोगीलाई आवश्यक पर्ने ‘प्लेट लेस’ तत्व यहाँ उपलब्ध नहुँदा उपचारका लागि विराटनगर धरान पुग्नुपर्ने बाध्यता छ । अब बिर्तामोड मै उक्त मेसिनबाट ‘प्लेट लेस’ निकाल्न थालेसँगै डेङ्गु ज्वरोको उपचार यही सम्भव हुने बताइएको छ । डेङ्गु ज्वरो पीडित बिरामीलाई रगतको ‘प्लेट लेस’ तत्व दिनुपर्ने हुन्छ ।

रासस

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७३  ०९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro