site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवन । चितवनको भरतपुरमा उपचाररत थालेसेमियाका बिरामीलाई सहयोग हस्तान्तरण गरिएको छ । 
चितवन सहायता कोष बेल्जियमले उक्त बिरामीको उपचारका लागि उपलब्ध गराएको रु ९० हजार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासैनीलाई हस्तान्तरण गरे ।  
क्याट बेल्जियमका सदस्य चीजकुमार श्रेष्ठले सांसद अन्जनी श्रेष्ठमार्फत भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर रुद्र मरासिनीलाई सो रकम हस्तान्तरण गरिएको हो । 
क्याट बेल्जियमले थालेसेमियाका बिरामीको उपचार सहयोगका लागि अस्पताललाई वार्षिक रु एक लाख ८० हजार सहयोग गर्ने गर्दछ । 
रकम बुझ्दै अस्पतालका मेसु डाक्टर रुद्र मरासिनीले थालेसेमिया बिरामी जस्तै अन्य बिरामीको सहयोगका लागि अस्पतालले गरिब तथा विपन्न नागरिक कोष बनाएको बताए ।  
बोनम्यारो ट्रान्सप्लान्ट थालेसेमिया रोगको महत्वपूर्ण उपचार भए पनि यो महँगो र विदेशमा गएर उपचार गर्नुपर्ने भएकाले रगत दिएर राखिने उनी बताउँछन् ।  
भरतपुर अस्पतालमा थालेसिमिया रोग लागेका बालबालिकालाई विगत पाँच वर्षदेखि उपचार गर्दै आएका डा नारायणबहादुर थापाले राज्यको ध्यान यी बालबालिकाको उपचारको लागि केन्द्रित हुन आवश्यक रहेको बताए ।  
सांसद अन्जनी श्रेष्ठले थालेसेमियाको उपचार पद्धति र विधिमा सुधार ल्याउनुपर्ने बताए । थालेसिमिया (अपुष्ट रक्तकोष) रगतसम्बन्धी हुने विभिन्न रोगको आनुवांशिक रोग हो । यो रोग तीन महिनादेखि चार वर्षसम्मका बालबालिकामा देखिन्छ । नेपालमा अझै पनि यो रोगको भरपर्दो उपचार हुन सकेको छैन । 
चितवन सहायता कोष बेल्जियमको आर्थिक सहयोगमा चितवन सहायता समाजले विगत सात वर्षदेखि यो रोगका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आइरहको छ । 
नेपालको कुल जनसङ्ख्याको चार प्रतिशत मानिसमा यस रोगको प्रकोप देखा परेको जनाइएको छ । 
भरतपुर अस्पतालमा एक वर्षको बच्चादेखि ४५ वर्ष उमेरसम्मका थालेसिमियाका बिरामीले उपचार लिँदै आएका छन् । जसमा महिला १७ र पुरुष ३६ जना छन् । रासस 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २०, २०७३  ०८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro