देश
धनगढी । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले उत्तर र दक्षिण दुई वटै मित्रराष्ट्रका सीमानासँग नेपाललाई जोड्न आफ्नो प्राथमिकता रहेको बताएका छन् ।
पर्यटन व्यवसायीको सङ्गठन (नाटा) सुदूरपश्चिम क्षेत्रीय सङ्घद्वारा शुक्रबार यहाँ आयोजित अन्तक्रियामा मन्त्री लेखकले ती सीमा नाकासम्म नेपाललाई सडक सञ्जालले जोड्न सके देश छिट्टै समृद्धिको बाटामा जाने विश्वास व्यक्त गरे ।
लामो समयसम्म पनि वातावरणीय प्रभावको अध्ययन नभएका कारण सेती लोकमार्ग र खुटिया –दिपायल द्रुतमार्ग लगायत सडकको निर्माण अघि बढ्न नसकेकामा अब ती समस्या समाधान भै निर्माण अघि बढाइएको जानकारी दिए । रासस
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७३ १८:४३
प्रतिक्रिया दिनुहोस्