देश
काठमाडौं । पछिल्ला केही वर्षदेखि स्थानीय रानीपोखरीमा छठपर्व मनाइँदै आए पनि यस वर्ष भने अघ्र्य लिन र दिन समस्या हुने भएको छ ।
विगतमा छठका सम्पूर्ण कार्यक्रम रानीपोखरीमै गरिँदै आए पनि समयमै पुनःनिर्माण हुन नसक्दा यस वर्ष अधिकांश कार्यक्रम बाहिर नै गरिने भएको छ । अघ्र्य दिन र लिनका लागि रानीपोखरी खुला गरिए पनि व्रत बस्ते काम भने शान्तिबाटिका र त्रिचन्द्र क्याम्पसको प्राङ्गणमा गरिने कामपाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले जानकारी दिए ।
तामाङका अनुसार पुनःनिमार्णका कामको सुरुआत गरिएकाले पोखरीको पानी निकालिएको छ, पानीको अभाव र बर्तालु बस्ने स्थानको पनि अभाव रहेकाले बाहिर नै व्यवस्था गरिएको हो । विसं २०७२ को भूकम्पका कारण रानीपोखरीमा पूर्ण रुपमा क्षति पुगेको थियो । रासस
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७३ १८:०२
प्रतिक्रिया दिनुहोस्