अर्थ व्यवसाय
काठमाडौं । विभिन्न बैंकले २ अर्ब ८० करोड रुपैयाँ बराबरको सामूहिक लगानी कोष (म्युचल फण्ड) परियोजना ल्याउने तयारी गरेका छन् ।
नेपाल इन्भेष्टमेन्ट बैंक, लक्ष्मी बैंक र सिद्धार्थ बैंकले विभिन्न योजना सहितको म्युचलफण्ड बजारमा ल्याउन लागेका हुन् । नेपाल इन्भेष्टमेन्टले प्रगति फण्ड नामक योजना ल्याउने तयारी गरेको छ । नेपाल इन्भेष्टमेन्टले ६० करोड रुपैयाँ बराबरको ६ करोड लाख कित्ता ल्याउन धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
यस्तै लक्ष्मी बैंकले लक्ष्मी भ्यालु फण्ड ल्याउन लागेको छ । उसले १ अर्ब रुपैयाँ बराबरको १० करोड कित्ता फण्ड बजारमा ल्याउन लागेको हो । सिद्धार्थ बैकले पनि सिद्धार्थ नामक इक्युइटी फण्ड ल्याउने भएको छ । सिद्धार्थले सिद्धार्थ फण्ड नामक १ अर्ब २० करोड रुपैयाँ बराबरका १२ करोड कित्ता ल्याउन लागेको छ ।
३ वटा संस्थाले म्युचल फण्ड योजनाको अध्ययन गरिरहेको बोर्डका प्रवत्ता नीरज गिरीले बताए । उनले नविल, सिद्धार्थ, लक्ष्मीले पहिला नै म्युचल फण्डको नयाँ योजना ल्याएको जानकारी दिए ।
यसैगरी ग्लोबललगायत केही बैंकले म्युचल फण्ड जारी गरी सकेको छन् । म्युचल फण्डको मूल्य प्रतिकित्ता १० रुपैयाँ तोकिएको हुन्छ । यो नेपाल स्टक एक्सचेन्जमा दर्ता भई कारोबार समेत भएको हुन्छ । यसैगरी बोर्डले नविल इक्युइटी फण्ड र एनएमबी हाइब्रिड फण्ड निश्कासन गर्न अनुमति दिएको थियो । दुई फण्ड बजारमा निश्कासन भइसकेका छन् ।
संस्थागत लगानी नभएको अवस्थामा यसको विकल्पको रुपमा म्युचल फण्डले काम गरेको गिरी बताउँछन् । नेट एससमेन्टका आधारमा यसको फेस भ्यालु तोकिने उनको भनाई छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७३ १५:४९
प्रतिक्रिया दिनुहोस्