खेल
काठमाडौं । त्रिभुवन आर्मी क्लबको आयोजनामा चौथो प्रधान सेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ । नेपाल आर्मीले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिता भोलिबाट सुरु हुने जनाएको हो ।
आगामी कात्तिक २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिता लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुनेछ । प्रतियोगितामा नेपालका आठ र भारतका दुई महिला टोलीले प्रतिस्पर्धा गर्नेछन् । यस पटक आयोजक त्रिभुवन आर्मी क्लब, नेपाल पुलीस क्लब, नेपाल एपीएफ क्लब, पूर्वाञ्चल महिला टिम, मध्यमाञ्चल महिला टिम, पश्चिमाञ्चल महिला टिम, मध्य पश्चिमाञ्चल महिला टिम, सुदुर पश्चिमाञ्चल महिला टिम सहभागी छन् । त्यस्तै भारतको विहार महिला टिम र सिक्किम महिला टोलीले सहभागिता जनाउने छन् ।
नकआउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिताको बिजेताले ३ लाख प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टिमले १ लाख प्राप्त गर्ने छन् । यस्तै प्रतियोगितामा सर्वोकृष्ट खेलाडीले स्कुटर तथा व्यक्तिगत विधामा उत्कृष्ट हुने खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोग रहनेछ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७३ १६:५२
प्रतिक्रिया दिनुहोस्