site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्सनलका सान्चेजमाथि कर छलिको मुद्दा
एजेन्सी । इग्लिश क्लब आर्सनलका स्ट्राइकर एलेक्स सान्चेजमाथि करछलेको आरोपमा मुद्दा दर्ता भएको छ । सान्चेजमाथि बार्सिलोनामा रहँदा करछलि गरेको आरोपमा मुद्दा दर्ता भएको अन्तर्राष्ट्रिय समाचार सस्था बीबीसीले जनाएको छ । 
स्पेनका अधिकारीले सान्चेजमाथी सन् २०१२ र २०१३ मा ९ लाख ८३ हजार ४४३ युरो कर छलेको आरोपमा मुद्दा दर्ता गराएको बीबीसीले समाचार लेखेको छ । २७ वर्षीय चिलीका स्ट्राइकर सान्चेजले आफ्नो तस्बिरबाट भएको आयको करछलि गरेका स्पेनिस अधिकारीहरुको आरोप छ । सान्चेजले करछलिका लागि माल्टाको अफसोर कम्पनी प्रयोग गरेको पनि स्पेनिस अधिकारीले आरोप लगाएका छन् । 
यता, सान्चेजले भने आफ्ना एजेन्टबाट एक विज्ञप्ति निकालेर आफूले त्यसबेला स्पेनको कानुन पूर्ण रुपले पालना गरेको बताएका छन् । सान्चेज सन् २०१४ मा ३५ मिलियन पाउण्डमा बार्सिलोनाबाट आर्सनल गएका थिए ।
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७३  ११:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro