site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुखर्जी भ्रमणको दोस्रो दिन, आज कहाँ–कहाँ हुनेछ सवारी अवरुद्ध ?
काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने नेपाल भ्रमणको दोस्रो दिन बिहीबार पनि उपत्यकाको सवारी आवागमन प्रभावित हुनेछ । 
खासगरी बिहान ९ बजेदेखि ११ बजेसम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, थापाथली, जोरपाटी क्षेत्रमा आवागमन अवरुद्ध हुने ट्राफिक प्रहरीले जानकारी दिएको छ । 
उक्त अवधीभर  ती मार्ग भएर चल्ने सवारी साधनले अन्य बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले हार्दिक अनुरोध गरेको छ । 
त्यस्तै बिहान पौने १० बजेदेखि दिउँसो पौने २ बजेसम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, थापाथली, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल, नागस्थान, न्युरोड क्षेत्रमा सवारी आवागमन अवरुद्ध हुने ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
यसैगरी दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, पुरानो बसपार्क, थापाथली, जोरपाटी, कोटेश्वर, पुतलीसडक, प्रर्दशनीमार्ग भएर चल्ने सवारीले बैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने ट्राफिक प्रहरीको भनाइ छ । 
यस्तै साँझ ५ बजेदेखि बेलुकी ७ बजेसम्म सिंहदरबार, भद्रकाली, न्युरोड गेट, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, सोह्रखुट्टे, जय नेपाल, कोटेश्वर, नागस्थान, ठमेल, क्षेत्रमा सवारी आवागमन अवरुद्ध हुने र साँझ साढे ६ बजेदेखि बेलुकी साढे ८ बजेसम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घण्टाघर, पुरानो बसपार्क, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जय नेपाल, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल क्षेत्रमा चल्ने सवारी साधनले अन्य बैकल्पिक मार्ग प्रयोग गर्नुपर्नेछ । 
बेलुकी पौने ८ बजेदेखि बेलुकी पौने १० बजेसम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट,  बत्तिस पुतली क्षेत्रमा सो अवधीभर  उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले अन्य बैकल्पिक मार्ग प्रयोग गर्न पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७३  ०९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro