site stats
बाह्रखरी :: Baahrakhari
नेपाल राष्ट्र बैंक
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार दिउँसो ३ बजेसम्ममा राजीनामा गर्न नेकपा माओवादी केन्द्रले समय सीमा तोकेको छ । माओवादी संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई संसद् बैठक सुरु हुनुअगावै राजीनामा गर्ने समय सीमा दिइएको माओवादी नेता हरिबोल गजुरेलले जानकारी दिए ।  
 
संसद्मा पेश हुने आर्थिक विधेयक पास गर्न दिने वा नदिने भन्ने विषयमा केन्द्रका शीर्ष नेताहरूलाई छलफल र निर्णय गर्न दिएको गजुरेलले बताए । उनले भने, “प्रधानमन्त्रीले राजीनामा नदिए संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराउने निर्णय गरेको छौं । सरकारले पेश गर्ने आर्थिक विधेयक पास हुन दिने वा नदिने भन्नेबारे शीर्ष नेताहरूलाई निर्णय गर्ने जिम्मा दिएका छौं ।”
 
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भने प्रधानमन्त्रीले राजीनामा नदिए आर्थिक विधेयक पास हुन नदिने बताइन् । 
 
बिहान ११ बजे बोलाइएको बैठक दिउँसो ३ बजेलाई सरेको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७३  १२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय