देश
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले माग बढ्दै गएको तरसो अनुसार उत्पादन हुन नसकेको भन्दै तिहारमा बिजुली खपत कम गर्न उपभोक्तालाइ अनुरोध गरेको छ ।
प्राधिकरणले तिहारमा साँझ ५ बजेदेखि राति १० बजेसम्म बिजुली खपत कम गर्न भनेको हो । उसले बिजुली बढी खपत हुने हिटर, आइरन, राइस कुकर, बत्ती, ओभन, एसी, इन्डक्सन हिटर र वाटरपम्प नचलाउन भनेको छ । साँझमा बढी बिजुली खपत हुने र उत्सवजन्य बढी क्षमताका बत्ती बालिने भएकाले वितरण प्रणालीको ट्रान्सफरमरमा बढी लोड हुने गई बिजुली आपूर्ति बन्द हुने जानकारी गराएको छ ।
तिहारमा साढे ५ सय मेगावाट बिजुली अपुग हुने भएपछि खपत कम गर्न अनुरोध गरेको विद्युत प्राधिरकण प्रणाली सञ्चालन विभाग प्रमुख विष्णु श्रेष्ठले बताए । उनका अनुसार आउँदो तिहारमा बिजुलीको माग बढेर १ हजार ५ सय मेगावाट पुग्ने तर आपूर्ति भारतबाट समेत गरी साढे ९ सय मेगावाट मात्र हुनेछ । माग र आपूर्तिमा कमी आएपछि माग व्यवस्थापन गर्न कठिन हुने उनले जानकारी दिए । तिहारमा भारतबाट थप बिजुली आपूर्ति बढाउने र नियमित लोडसेडिङ हुने उनले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७३ १०:४८
प्रतिक्रिया दिनुहोस्