site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरुवा रोग अस्पताल ‘छात्रवृत्ति चिकित्सक’को भरमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा सबै अस्पताल तथा स्वास्थ्य संस्थामा मेडिकल चिकित्सकको पदपूर्ति भएको देखिए पनि वास्तविकता भने फरक पाइने गरेको छ ।  देशको एकमात्र सरुवा रोग अस्पतालका रुपमा रहेको  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सरकारी दरबन्दीका मेडिकल अधिकृत तहका चिकित्सकहरु विदेश अध्ययनमा जाँदा अस्पताल छात्रवृत्तिमा रहेका चिकित्सकको भरमा चलेको छ । 

अस्पतालमा ११ जना मेडिकल अधिकृत तहका चिकित्सकको दरबन्दी  भए पनि अहिले एक जनामात्र मेडिकल अधिकृत तहका चिकित्सक कार्यरत छन् । अस्पतालका ७ जना मेडिकल अधिकृतहरु विदेश अध्ययनमा गएका छन् । अन्य ३ जना मेडिकल चिकित्सक अध्ययनका लागि अबको केही दिनमा नै विदेशिने तयारीमा रहेको अस्पताल प्रशासनले जनाएको छ । यसरी अध्ययन विदामा जाने चिकित्सकहरु करिब ३ देखि ५ वर्षसम्म विदेशमा नै रहने गरेका छन् । उक्त अवधिभर अस्पतालले छात्रवृत्तिमा एमबिबिएस पास गरेका चिकित्सकहरुको भरमा सेवा दिने गर्दै आएको छ ।

अस्पताल प्रशासन प्रमुख रामनारायण खतिवडा हाल मेडिकल अधिकृतको स्थानमा एमबिबिएस पास गरेका चिकित्सकहरुले ६ महिनादेखि करिब २ वर्षसम्म करारमा काम गरिरहेको बताउँछन् । उनी भन्छन्, “करारका चिकित्सकहरु आफ्नो करार अवधिसम्म मात्र काम गर्नुका साथै करार अवधि सकिएपछि काम छोड्छन् । त्यो समयमा बिरामीको सेवामा समस्या पर्छ तर स्थायी मेडिकल अधिकृत तहका चिकित्सकले नियमित सेवा दिने गर्छन्,” प्रशासन प्रमुख खतिवडाले भने, “अस्थायी चिकित्सक हुँदा कुनै जटिल रोग देखिए अप्ठेरो पर्ने गरेको छ ।” विदेशको  अध्ययन बिदामा कस्ता चिकित्सकलाई पठाउने भन्ने बारेमा सोच्नुपर्नेे बेला भएको प्रमुख खतिवडा बताउँछन् । 

अस्पतालका निर्देशक डा. वासुदेव पाण्डे स्थायी दरबन्दीका चिकित्सकहरु विदेश अध्ययन बिदामा जाँदा अर्को नयाँ चिकित्सक ल्याउन समस्या हुने बताउँछन् । अध्ययन बिदामा जानेहरुको दरबन्दी सिर्जना गरी रिक्त भएका ठाउँमा सरकारले नयाँ चिकित्सक पठाउने व्यवस्था मिलाउनुपर्ने डा. पाण्डेको भनाइ छ । 

अस्पतालमा ५ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेकोमा हाल ३ जना चिकित्सक तथा ४१ जना नर्सको दरबन्दी रहेकोमा हाल ३६ जनामात्रै नर्स रहेका छन् । अस्पतालमा हरेक दिन १५० देखि २ सय जना बिरामी उपचारका लागि आउने गरेका छन् ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज १६, २०७५  १२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro