site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जटिल बन्दै स्तन क्यान्सर, उपचारमा ढिलाइ गरे झन् खतरा 

काठमाडौं । नेपालमा स्तन क्यान्सर अरु क्यान्सरभन्दा जटिल हुने गरेको उपचारमा संलग्न चिकित्सकहरुले बताउने गरेका छन् । भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. रोशन प्रजापति भन्छन्, ‘‘स्तनमा गिर्खाहरू आएपनि लाज तथा संकोचका कारण अधिकांश नेपाली महिला स्तन परीक्षण गराउन समयमा अस्पताल जाँदैनन् । उपचार गर्न अन्तिम अवस्थामा मात्र आउँछन् ,जतिबेला उपचारको विकल्प समाप्त भइसकेको हुन्छ ।’’ 

स्तन क्यान्सर वंशाणुगत पनि हुने हुँदा आमा, सानिमा, दिदीबहिनी, आमातर्फका हजुरआमामा स्तन क्यान्सर भएको छ भने त्यस्ता महिलाहरुमा स्तन क्यान्सर हुने सम्भावनाको दर बढी हुने उनी बताउँछन् । ती महिलाहरुले स्तन क्यान्सर नभएपनि तीन महिनामा एक पटक स्तन परीक्षण गर्नुपर्ने उनको सुझाव छ । 

उनका अनुसार स्तन क्यान्सर आफैं परीक्षण गर्न सकेमा समयमा उपचारका लागि अस्पताल पुग्न सकिन्छ । स्तन क्यान्सरको पहिलो चरणमा नै उपचारको पहुँचमा पुगेमा ९० प्रतिशत ठीक हुने डा. प्रजापति बताउँछन् । अझै पनि स्तन क्यान्सरको बारेमा ग्रामीण भेगका महिलाहरुमा चेतना नहुँदा बढी जोखिममा रहेको चिकित्सकहरुको भनाइ छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा २० लाख मानिसहरु स्तन क्यान्सरबाट पीडित छन्, जसका कारण हरेक वर्ष ६ लाख मानिसको मृत्यु हुने गरेको छ । विश्वमा हरे क १३ मिने टमा १ जनाको  मृत्यु गराउने  रो ग स् तन क्यान्सर हो  । स् तन क्यान्सर ९९ प्रतिशत महिलालाई र १ प्रतिशत पुरुषलाई भएको  पाइन्छ । 

विकसित दे शमा ८ महिलामा १ तथा एसियामा हरे क २२ जना महिलामा १ जनामा स् तन क्यान्सर पाइने  गरे को  छ । ने पालमा करिब ७ हजारमा स् तन क्यान्सर रहेको विभिन्न क्यान्सर अस्पतालको तथ्यांकले देखाएको छ ।

युवती तथा प्रौढ महिलालाई हुने क्यान्सरमध्ये ६० प्रतिशत स्तन क्यान्सर हुन्छ । स् तनमा भएका को षिकाहरुमा असामान्य परिवर्तन आई तिनीहरुको  अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने  गिर्खा, गाँठागुँठी र निको  नहुने  घाउलाई स् तन क्यान्सर भनिन्छ । गुणस्तरहीन खानपान, शारीरिक व्यायाम नहुनु र बढ्दो प्रदुषणले क्यान्सर रोगीहरु वृद्धि हुँदै गएको क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठ बताउँछन् । 

आफैंले गर्न सकिन्छ परीक्षण

क्यान्सर रोग विशेषज्ञ डा. प्रजापतिका अनुसार स्तन क्यान्सर छ कि छैन भनेर आफ्नो स्तन आफैं परीक्षण गर्न सकिन्छ । ऐना अगाडि उभिएर दुवै स्तनलाई हेर्ने, दुवै स्तनको आकार समान भए–नभएको याद गर्ने, बनोट, मुन्टोको अवस्था, छालाको रङ र नरमपनाको फरकपन तथा स्तनको कुनै पनि भागमा रहेको गिर्खालाई ध्यान दिएर हेर्ने, दुवै हातलाई माथि उठाएर काखीमा देखापरेको परिवर्तनलाई ऐना अगाडि उभिएर हेर्ने र यदि यसरी हेर्दा स्तनको आकार तथा रङमा परिवर्तन आएमा तथा काखीको छेउछाउ घाउ आएमा तुरुन्त चिकित्सककोमा चेकजाँचका लागि जानुपर्छ । 

त्यसैगरी, महिनावारी नियमित रूपमा भइरहेका महिलाले महिनावारी रोकिएको ४–५ दिनपछि जाँच गर्नुपर्ने चिकितसकको सुझाव छ । किनकि महिनावारी भएका बेलामा स्तन अलिकति सुन्निएको, कडा तथा हल्का दुख्ने हुन्छ । यसो भएमा तुरुन्त जाँच गराउनुपर्ने डा. प्रजापतिको सुझाव छ ।

बढी जोखिममा को ?

कुनै महिलालाई ढिलो महिनावारी सुरु भएर चाँडै सुकेको छ भने ती महिलामा स्तन क्यान्सर हुने सम्भावना बढ्ता हुने बताइएको छ । ढिलो बच्चा जन्माएका महिला र बच्चा जन्माएर पनि स्तनपान नगराउने महिलालाई स्तन क्यान्सर हुने खतरा धेरै हुन्छ । लामो समयसम्म परिवार नियोजनको चक्की खाने, हर्मोनको प्रयोग गर्ने, एक्सरेको क्रममा अनावश्यक विकीरणको सम्पर्कमा आउने, बोसोयुक्त खानेकुरा ज्यादा खाने, धेरै मदिरा सेवन गर्ने र ज्यादै मोटा महिलामा पनि स्तन क्यान्सरको खतरा हुने डा. प्रजापति बताउँछन् ।

त्यसैगरी विवाह भएको तर बच्चा नजन्माएका, पहिलो बच्चा ३५ वर्ष भन्दा माथिको उमेरमा जन्माउने महिलामा स्तन क्यान्सर हुने खतरा बढी हुने उनको भनाइ छ । महिला उमेर पार गर्दै बुढ्यौलीतिर लाग्दा स्तन क्यान्सरको सम्भावना बढ्दै जाने हुन्छ । विभिन्न तथ्यांकअनुसार विश्वमा औसत ५० वर्ष उमेर नाघेका महिलामा स्तन क्यान्सरको समस्या बढी देखापर्ने चिकित्सकहरु बताउँछन् । 

लक्षण

स्तन वा पाखुरामुनि गिर्खा आउनु

गिर्खा कडा हुनु

स्तन वा स्तनको मुन्टोको आकार–प्रकार परविर्तन हुनु

रातोपना बढ्नु

चाउरएिजस्ता देखिनु

सुन्तला रङजस्तो देखिनु

मुन्टो स्तनतिर फर्किएको हुनु

मुन्टो वरिपरिको छालामा कत्ला निस्केको वा सुन्निएको

स्तनको मुन्टो दुख्ने

स्तनमा निको नहुने घाउ आउनु

गम्भीर अवस्थामा हाड दुख्नु, स्तन दुख्नु, स्तनमा घाउ आउनु, पाखुरा सुन्निनु, वजन घट्नु आदि
 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०७५  ०६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro