site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परिवार नियोजनका साधन प्रचारप्रसारमा करोेडौं खर्च, १० प्रतिशत अझै परम्परागत विधिकै भरमा

काठमाडौं । सरकारले परिवार नियोजनका साधनको प्रचारप्रसारमा हरेक वर्ष करोडौं रुपैयाँ खर्च गर्ने गरेको छ  । तर, परिवार नियोजनका साधनको प्रयोग गर्ने दर भन्ने अपेक्षाकृत बढ्न सकेको छैन । 

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण स्वास्थ्य महाशाखाको तथ्यांकले नेपालमा सन् २०१८ मा ५० प्रतिशत मानिसले मात्र परिवार नियोजनका साधनको प्रयोग गरेको देखाएको छ । अझै ५० प्रतिशत मानिस परिवार नियोजनका साधनको प्रयोगबाट बाहिर छन् । 
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार पनि नेपालका ग्रामीण दुर्गम भेगमा २.९ ले मात्र परिवार नियोजनका साधन प्रयोग गर्छन् । नेपालमा १५ देखि ४९ वर्षका विवाहित महिलामध्ये ५३ प्रतिशतले मात्र परिवार नियोजनका कुनै न कुनै विधि प्रयोग गरिरहेको तथ्यांक छ । १० प्रतिशतले परम्परागत विधि (विर्य बाहिर झार्ने) प्रयोग गरिरहेको पाइएको छ । 

परिवार नियोजनका साधन प्रयोगले शरीरलाई कमजोर पार्ने, रोग लाग्ने, देवता रिसाउने, बाँझोपन हुनेजस्ता गलत बुझाइका कारण यसको प्रयोग बढ्न नसकेको  परिवार कल्याण महाशाखाकी शाखा प्रमखु कविता अर्याल बताउँछिन् । “सेवाग्राहीलाई परिवार नियोजनका साधन तथा सेवा प्रयोगबाट हुन सक्ने असर भएमा के गर्ने भन्ने जानकारी प्रभावकारी रुपमा दिन सकिएको छैन,” उनले भनिन्, “सरकारले यो वर्षबाट किशोरकिशोरीलाई पहिलो प्राथमिकतामा राखेको छ ।”

अब हरेक स्वास्थ्य संस्थामा सरकारले नै पहिलो प्राथमिकतामा किशोरकिशोरीलाई परिवार नियोजनको साधन प्रयोग गनुपर्छ भनेर जानकारी दिइरहेको महाशाखाका निर्देशक डा. आरपी विच्छाले बताए । “नेपालका गरिब समुदाय, हिमाली पहाडका दुर्गम क्षेत्र, दलित र मुस्लिम समुदायमा यसको पहुँचमा पुग्न सकेको छैन । त्यस्ता क्षेत्रमा परिवार नियोजनका साधनको उपयोगिताबारे चेतना पुगेको छैन,” उनले भने, “एक विद्यालय एक नर्स नारालाई सरकारले प्राथमिकतामा राखेको छ । त्यो नारालाई सरकारले छिटै कार्यान्वयन गर्नेछ ।” 
अहिले स्थानीय सरकारले परिवार नियोजनको बारेमा जानकारीमूलक कार्यक्रमहरु गरिरहेको महाशाखा निर्देशक डा. विच्छा बताउँछन् । सरकारले देशैभरका प्रत्येक स्वास्थ्य संस्थाबाट परिवार नियोजनका साधन निःशुल्क वितरण गरिहेको छ । कण्डोम, पिल्स, इम्लान्ट, डिपोप्रोभेरा, मिनील्याप भ्यासेक्टोमी आदि पनि निःशुल्क उपलब्ध छन् । 

नेपालमा २० वर्ष नपुग्दै बच्चा जन्माउने १७ प्रतिशत किशोरीहरु रहेको तथ्यांक छ, जसमा ग्राीमण क्षेत्रका धैरै छन् । ग्रामीण क्षेत्रमा १ सयजना महिलामा ४० जनाले मात्र परिवार नियोजनका साधन प्रयोग गर्ने सर्भेक्षणले देखाएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार अनिच्छित गर्भ रहेका सबै महिलाले परिवार नियोजनका साधन प्रभावकारी रूपमा प्रयोग गरे मातृ मृत्युदर ३० प्रतिशत घट्छ । किशोरी अवस्थामा गर्भको कारण हुने मातृ मृत्युदर २० वर्षमाथिका महिलामा दोब्बर भइरहेको संगठनको तथ्यांक छ । नियोजनका साधन प्रयोग गरी जन्मान्तर घटाउनुपर्ने चिकित्सकहरूको सुझाव छ । दुई वर्षभन्दा कम अन्तरमा बच्चा जन्माए बच्चाको मृत्यु हुने जोखिम धेरै हुने महिला रोग विशेषज्ञ डा. विमला बछार बताउँछिन् । अस्थायी साधन प्रयोग गर्दा हुने असर र फाइदाबारे पर्याप्त जानकारी नभएका कारण प्रयोग दर बढ्न नसकेको विज्ञहरु बताउँछन् । परिवार नियोजनको साधनमा विभिन्न दातृनिकायले पनि सहयोग गर्दै आएका छन् । सरकारले सन् २०३० सम्ममा परिवार नियोजनका साधनको पहुँच सबै नेपालीमा पुर्याउने लक्ष्य राखेको छ । 
तस्बिर गुगलबाट

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  ०६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro