site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्मलाको हत्यारा को ? प्रमाण नष्ट गर्न प्रहरीकै हात !
SkywellSkywell

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको डेढमहिना पुग्न लागेको छ । डेढमहिना लामो अनुसन्धानबाट पनि हत्यारा पत्ता लाग्न सकेको छैन । तर प्रहरीले निर्मलाका बुवा आमालाई हत्यारा पत्ता लाग्ने भन्दै आश्वासन दिइरहेको भए पनि परिवार र आफन्त भने प्रहरीकै गतिविधिप्रति विश्वस्त देखिन्नन् ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको भनिएको स्थानमा रगत लतपतिएको कपडा प्रहरीले नै पखाल्नु, निर्मला गएको भनिएको घरको कम्पाउन्डमा रहेको अम्बाको रुख काटिनु, निर्मला हराएको भनिएको दिनमै प्रहरी कार्यालय पुग्दा प्रहरीले देखाएको व्यवहारलगायतले पनि पन्त परिवार प्रहरीको अनुसन्धानप्रति नै आश्वस्त हुन सकेको छैन । निर्मलाको रगत लतपतिएको कपडा प्रहरीले पखालीदिएको भिडियो सार्वजनिक भएपछि स्थानीयले प्रहरीले मुख्य दोषी लुकाउन खोजेको आरोप लगाउँदै आएका छन् । 

बिहीबार बेलुका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल निर्मलाको घरमा पुगेर बुवाआमालाई दोषी पत्ता लाग्ने आश्वासनसमेत दिएका छन् । 

KFC Island Ad
NIC Asia

“बिहीबार पनि प्रहरी महानिरीक्षक घरमा आएर दोषीलाई कारवाही गर्छौं, प्रहरीले अनुसन्धान जारी राखेको छ, दोषीमाथि कारवाही भएरै छाड्छ भन्ने आश्वासन दिनुभएको छ,” निर्मलाका बुवा यज्ञराज पन्तले भने ।

निर्मला हत्याकान्डविरुद्ध चर्किएको प्रर्दशनमा प्रहरीले चलाएको गोली र त्यसपछि उत्पन्न परिणाममा प्रहरी र स्थानीय प्रशासनको कमजोरी रहेको निष्कर्ष उच्चस्तरीय समितिले निकालेको छ ।  गृह मन्त्रालयले निर्मला हत्याकाण्डपछि उत्पन्न अवस्थाको कारण पत्ता लगाउन सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो । 

Royal Enfield Island Ad

१५ दिने म्यादसहित गठन भएको समिति हाल कञ्चनपुरमा रहेको र घटनाबारे सबै पक्षसँग छलफल भइरहेको समितिका संयोजक मैनालीले बताए ।  ‘‘सबै कोणबाट जानकारी लिइरहेका छौं, समयमै सरकारलाई प्रतिवेदन बुझाउँछौं, बलात्कारदेखि सबै प्रकरणका विषयमा प्रतिवेदनमा उल्लेख गर्छौं,” सह–सचिव मैनालीले भने । 

नागरिक तहबाट प्रशासन–प्रहरीबारे उठेका प्रश्नमा समिति गम्भीर रहेको उनले बताए । गत साउन १० गते साथीको घरमा जान्छु भनेर निस्किएकी निर्मला पन्त साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।  निर्मलाको बलात्कारपछि हत्या भएको अनुसन्धानबट प्रमाणित भइसकेको छ । समितिका एक सदस्यले भने,‘‘घटना घटेको समयमा पनि प्रहरीले राम्रो रेस्पोन्स गरेको पाइँदैन । सँगसँगै पछिल्लो समयमा भएको आन्दोलनमा पनि गोली हान्ने अवस्थामा प्रहरी चुकेको देखिन्छ ।’’ 
समिति स्रोतका अनुसार घटनामा दोषी देखिएका सरकारी अधिकारीलाई कारवाहीका लागि सिफारिस गरिनेछ ।

एसपीका छोरा र मेयरका भतिजासँग सोधपुछ

प्रहरीले यसअघि नै निर्मला हत्याकान्डमा भीमदत्तनगर १९ का दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिसकेको छ । घटनाको २५ औं दिनमा सार्वजनिक गरिएका दिलिपको स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याइएको छ । तर दिलिपका परिवारजनले प्रहरीले दिलिपलाई यातना दिएर कसुर स्वीकार गर्न लगाएको बताउँदै आएका छन् ।

मानसिक रोगी रहेका दिलिपको बारेमा प्रहरीले थप कुरा बताउन चाहँदैन । स्थानीयले निर्मला हत्याकान्डमा कञ्चनपुरका तत्कालीन एसपी (हाल निलम्बित) डिल्लीराज विष्टका छोरा र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजालाई अनुसन्धानको दायरामा ल्याउन माग गर्दै आन्दोलन गरेका थिए ।

त्यसपछि कञ्चनपुर प्रहरीले एसपीका छोरा किरण बिष्ट र मेयर सुरेन्द्र बिष्टका भतिजा आयुष बिष्टसँग सोधपुछ गरेको र घटनामा संग्लन भएको आधार नपाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी कृष्णराज ओझाले बताए । यसअघि प्रहरीले दिलिपलाई भदौ ४ गते अभियुक्तका रुपमा सार्वजनिक गरेपछि मुख्य दोषीको बचाउ गरेको भन्दै प्रदर्शनकारीले चर्काएको आन्दोलन हिंसात्मक बनेको थियो । जसका कारण स्थानीय १४ वर्षीय सनी खुनाको ज्यान गएको थियो भने कैयौं घाइते छन् । घाइतमध्ये १८ वर्षीय अर्जुन भण्डारा काठमाडौंमा उपचाररत छन् । दिलिपलाई भदौ १२ गतेबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकको निगरानीमा राखिएको डीएसपी ओझाले बताए । 

रोशनी र बबिता हिरासतमा 
 

निर्मला हत्या प्रकरणमा अनुसन्धानका लागि अनिता भनिने बबिता बम र रोशनी बम प्रहरी हिरासतमा छन् । उनीहरुले अदालतमा बयान समेत दिइसकेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । अहिले घटनाको अनुसन्धानका लागि सीआईबीका एसएसपी ठाकुर ज्ञवाली नेतृत्वको टोली पनि कञ्चनपुरमै छ । प्रहरीले बम दिदीबहिनीलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको भएपनि अनुसन्धानबाट नयाँ कुरा नआएको प्रहरी स्रोतको दाबी छ ।

आईजीपी खनाल पनि कञ्चनपुरमै

निर्मला हत्याकान्डको अनुसन्धानका लागि अनुसन्धान समिति कञ्चनपुरमै रहेका बेला आईजीपी सर्वेन्द्र खनाल पनि बिहीबार कञ्चनपुर पुगेका छन् । उनले त्यहाँ पुगेर निर्मलाका बुवाआमासँग भेट गरिसकेका छन् । नेपाल प्रहरी र राष्ट्रिय मानवअधिकार आयोगले संयुक्त रुपमा गरेको कार्यक्रममा सहभागी हुन गएका बेला खनाल निर्मलाको घरमा पुगेका थिए ।

एकसाता अघि मात्रै गृह मन्त्री रामबहादुर थापाले आईजीपीलाई बलात्कारका घटना बढेकोमा ध्यानाकर्षण गराउँदै कञ्चनपुर घटनालाई गम्भीरतापूर्वक लिन निर्देशन दिएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०७५  ०७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro