site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिमस्टेकका भीभीआईपीको हरेक गाडीसँग एउटा एम्बुलेन्स

काठमाडौं । यही १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेक सम्मेलनका लागि आउने विशिष्ट पाहुनाका लागि सरकारले विशेषज्ञसहितको विशिष्ट स्वास्थ्य सेवा दिने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिव पुष्पा चौधरीको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ । 

मन्त्रालयअन्तर्गतको हेल्थ इमर्जेन्सी एण्ड डिजास्टर म्यानेजमेन्ट युनिटका प्रमुख चूडामणि भण्डारीका अनुसार विशिष्ट पाहुनाको स्वास्थ्य सुरक्षाका लागि विमानस्थल, सम्मेलनस्थल र होटलमा भेन्टिलेटरसहितको एम्बुलेन्स, चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको टोली रहनेछ । 

स्वास्थ्य मन्त्रालयले विमानस्थलदेखि होटलसम्म विशेषज्ञ चिकित्सकसहितको एउटा एम्बुलेन्स सञ्चालन गर्नेछ । त्यसैगरी आकस्मिक अवस्थाका लागि १३ वटा एम्बुलेन्स राखिएको छ । नेपाल एम्बुलेन्स सर्भिसका ६ वटा एम्बुलेन्स पनि तैनाथ रहनेछन् । नर्भिक अस्पताल, मेडिसिटी अस्पताल, धुलिखेल अस्पताल, त्रिवि शिक्षण अस्तपाल, नेपाल प्रहरी र आर्मी अस्पताल पनि स्वास्थ्य सेवाका लागि तयार रहनेछन् । 

बिमस्टेकमा आउने विशिष्ट पाहुनालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीहरुको २ वटा टोली गठन गरी सेवा दिनेछ । विमानस्थलमा ३ जना चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले सेवा दिनेछ । प्रत्येक विशिष्ट पाहुनाको गाडीसँगै एउटा एम्बुलेन्स रहनेछ ।

सम्मेलन हुने सोल्टी होटलमा २४ सै घण्टा ८ जनाको टोली उपचारका लागि तैनाथ रहनेछ । टोलीमा जनरल फिजिसियन, सर्जन, अर्थोपेडिक सर्जन, एमडी जनरल प्राक्टिसनर, एनेस्थेसियोलोजिष्ट, हेल्थ असिस्टेन्ट, ल्याब असिस्टेन्ट तथा नर्स रहनेछन् । भेन्टिलेटरसहित ए ग्रेडको एम्बुलेन्सका लागि मन्त्रालयले नेपाल एम्बुलेन्स सर्भिससँग समन्वय गरेको छ ।

निजामति अस्पताल र काठमाडौं मेडिकल कलेजले त्रिभुवन विमानस्थलमा आकस्मिक स्वास्थ्य उपचार सेवा दिनेछन् । त्यसैगरी वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र नर्भिक अस्पतालले आकस्मिक मेडिकल टोली परिचालन गर्नेछन् । यसको सुपरीवेक्षण मन्त्रालयले गर्नेछ । यी अस्पतालले आईसियु र सिसियु, विशिष्ट तथा अति विशिष्ट उपचार कक्षको व्यवस्था गर्ने र एम्बुलेन्ससहितको सेवा दिने बताइएको छ । 

सैनिक अस्पताल छाउनी र बयोधा अस्पताल बल्खु, पाटन अस्पताल, नेपाल मेडिसिटी अस्पतालले आईसीयु तथा सिसियु कक्ष तयारी अवस्थामा राख्नेछन् र एयर एम्बुलेन्स सेवा दिनेछन् । त्रिवि शिक्षण अस्पताल, सैनिक अस्पताल र परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले विशिष्ट तथा अति विशिष्ट उपचार कक्षको व्यवस्था गरेर सेवा दिने मन्त्रालयले जनाएको छ । 

त्यस्तै, ग्रान्डी अस्पतालले आईसीयु तथा सिसियु कक्ष तयारी अवस्थामा राखेको जनाएको छ । सो अस्पताललाई आकस्मिक रुपमा एयर एम्बुलेन्स र हेलीप्याड तयारी अवस्थामा राख्न मन्त्रालयले निर्देशन दिएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ १०, २०७५  ११:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro