site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी हुन् बर्खामा देखिने रोग, कसरी जोगिने ?

काठमाडौं । वर्षात्को समयमा पानीजन्य सरुवा रोगको जोखिम बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । विशेषगरी बर्खामा झाडापखाला, टाइफाइड र जण्डिस रोगको जोखिम बढी हुने गर्छ । 

झाडापखाला, जन्डिस, आउँ, हैजा, टाईफाईड तथा जन्डिसका बिरामीको संख्या बढी रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । उनले भने, “पानीजन्य रोगहरु झाडापखाला, आउँ, हैजा, टाईफाईड र जन्डिस रोग बर्खाको समयमा बढी देखिन्छ ।” टेकु अस्पतालमा गएको वैशाखदेखि साउनसम्ममा १ सय ६१ जना पानीजन्य रोगका बिरामी आएको बताइएको छ । यसमा पनि महिला बढी छन् । 

पानीजन्य रोगको संक्रमण फैलनबाट जोगिनका लागि विशेष गरी आफ्नो दैनिकी र रहनसहनलाई ख्याल गर्नुपर्ने र खानपानमा विशेष सावधानी अपनाउनु पर्ने डा. पुन बताउँछन् । अहिले पानी शुद्धतामा निकै समस्या देखिएकाले विशेष ख्याल गर्नुपर्ने र खानेकुरामा सावधानी अपनाउनु पर्ने चिकित्सकको सुझाव छ । 

पानीको शुद्धतामा घरबाहिर मात्र होइन, घरभित्र पनि विशेष सावधानी अपनाउनु पर्ने डा. पुन बताउँछन् । “घरभित्रको पानी त हो नि भनेर विश्वास गर्दा समस्या आउन सक्छ । मौसमी रोगको संक्रमण धेरै हदसम्म हाम्रै रहनसहनका कारण हुने भएकाले आफूले अलिकति ध्यान दिएमा धेरै रोगको जोखिमबाट बच्न सकिन्छ,” उनले भने । 

बर्षामा देखापर्ने मुख्य रोग

झाडापखाला 

वर्षात्को समयमा देखिने पानीजन्य रोग हो झाडापखला । पानीको मुहान फोहोर हुने वा पानीमा दिसामा पाइने कोलिफर्म हुने हुँदा झाडापखाला धेरै देखिने गर्छ । झाडापखला सहरको तुलनामा ग्रामीण भेगमा बढी देखिने गर्छ । अस्वस्थ्य जीवनशैलीका कारण झाडा लाग्छ । खाना बनाउनुअघि, खानुअघि तथा दिसा धोइसकेपछि राम्रोसँग साबुनपानीले हात धुने गर्नुपर्छ । त्यसैगरी खानेकुरा राम्रोसँग पकाएर मात्र खाने, फोहोर, बासी तथा सडेगलेको खानेकुरा नखाने, पानी उमालेर मात्र पिउने, फलफूल, सागपात तथा सलाद राम्रोसँग धोएर तथा सफा गरेर मात्र खाने गर्नाले पनि झाडापखालाबाट बच्न सकिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. अनुप बास्तोला बताउँछन् ।

टाइफाइड

मनसुनको समयमा टाइफाइड ज्वरो पनि धेरै देखिन्छ । साल्मोनेला समूहको जिवाणु मानव शरीरमा प्रवेश गरेपछि त्यसले टाइफाइड हुने चिकित्सकहरु बताउँछन् । टाइफाइड भएका बिरामीमा बढी मात्रामा साल्मोनेला टाइफाइड र प्यारा टाइफाइडका जिवाणुहरु भेटिन्छन् । दूषित पानी र खाद्य पदार्थको सेवनबाट यो रोगका जीवाणुहरु देखिन्छ । यो रोगबाट बढीमात्रामा १५ वर्षभन्दा कम उमेरबालबालिकाहरु प्रभावित हुने गरेको गरेका छन् । टाईफाईड ज्वरोको संक्रमण भए रिँगटा लाग्ने, वाकवाकी लाग्ने, खान मन नलाग्ने आदि लक्षण देखा पर्छ । 

जण्डिस

हामीले खानेकुरा र पानीले गर्दा यस मौसममा देखिने अर्को प्रमुख रोग जन्डिस हो । दूषित पानी र बासी खानेकुराले धेरैलाई जन्डिस देखिने गर्छ । शरीरमा पानीको कमी हुँदा पनि कसैलाई कसैलाई जन्डिस हुने डा. बास्तोला बताउँछन् । बजारमा बासी तथा खुल्ला खानेकुरा खाने गर्नाले पनि जन्डिस देखिने गर्छ । सुरुमा ज्वरो आउने शरीर गल्दै जाने जन्डिसको प्रमुख लक्षण हुन् । 

आउँ र हैजा 

वर्षात्को समयमा पानीका मुहानमा ढल मिसिँदा सोहि पानी प्रयोग हुँदा मानिसमा आउँ र हैजा देखापर्छ । आउँ तथा हैजा सिविला र सामालीया नामक भाइरसको संक्रमणका कारण मानिसमा देखापर्छ । यस्तो मौसममा आउँबाट बच्न हामीले खानेपानी र खानेकुरामा विशेष ध्यान दिनु आवश्यक हुन्छ । पेट दुख्ने, दिसामा रगत देखिने तथा ज्वरो आउने, शरीर थाक्ने, खान मन नलाग्ने लगायतका लक्षणहरु देखापर्छ । तुरुन्त चिकित्सकको सल्लाहबमोजिम उपचार गर्नुपर्छ । उपचार नगरी सामान्य ठानेर बसेमा शरीरका महत्वपूर्ण अगंहरुले काम गर्न छोड्ने चिकित्सकहरु बताउँछन् । 

वर्षात्को समयमा कीटजन्य रोगको जोखिम पनि बढी देखिने गर्छ । एडिस प्रजातीको लामखुट्टेको टोकाइबाट औलो र डेंगुको संक्रमण हुनेहुन्छ । डेंगु सार्ने लामखुट्टेले फोहोर पानी, हिलो, पानी जमेको स्थानमा फूल पार्छ । पछिल्लो समय सहरी क्षेत्रमा पनि डेंगुको संक्रमण देखिने गरेको चिकित्सक बताउँछन् । 

त्यसैगरी, बाढी तथा पहिरो गएका स्थानमा लेप्टोस्पाइरोसिस रोगको जोखिम बढी हुन्छ । लेप्टोस्पाइरोसिस मुसाबाट मान्छेमा सर्छ । मुसा मरेपछि यी ब्याक्टेरिया पानीमा मिसिन्छन् र घाउ वा अन्य माध्यमबाट मानव शरीरमा प्रवेश गरेपछि यो रोग लाग्छ । बाढी पहिरोका कारण सर्पहरु दुलोबाट निस्केर सुरक्षित ठाउँतिर लाग्ने भएकाले तराईमा सर्पदंशको जोखिम हुने चिकित्सक बताउँछन् । 

कसरी बच्ने ?

पानी शुद्धीकरण गरेर (उमालेर, फिल्टर गरेर, पियूषजस्ता पानी शुद्ध बनाउने औषधि हालेर) मात्रै पिउने

घरवरीपरी सफा राख्ने

खुल्ला राखेका र बासी खानेकुरा नखाने

झुल टाँगेर सुत्ने

लामो बाहुला भएको लुगा लगाउने

सर्पबाट जोगिन सर्प हुने सम्भावित ठाउँतिर नजाने
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०७५  ०७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro