देश
काठमाडौं । चन्दा उठाउनकै लागि स्कुलमा बम विस्फोट गराउने माओवादी पूर्वलडाकु शंकर लाखे र चन्द्रबहादुर तामाङलाई कडा कारबाहीको माग गर्दै बौद्धका स्थानीयले प्रहरीलाई दबाब दिएका छन् । पक्राउ परेका दुवैलाई महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ ।
प्रहरीका अनुसार स्थानीयले चौकीमा आएर अभियुक्तहरूलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन् । पक्राउ परेका दुवैको बारेमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडाैंका प्रमुख एसएसपी विक्रम थापाले बताए । “बम राख्न लगाउने मुख्य दुईजना फरार छन्, उनीहरूको बारेमा सबै जानकारी पाइसकेका छौं । जहाँ गए पनि प्रहरीको हातबाट उनीहरू फुत्किँदैनन्,” उनले भने । पक्राउ परेका दुवैलाई संगठित अपराध र हातहतियार खरखजाना मुद्दा चलाउने प्रहरीको तयारी छ ।
तस्बिर : रासस
प्रकाशित मिति: बुधबार, असोज ५, २०७३ १५:३६
प्रतिक्रिया दिनुहोस्