site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
सिन्धुपाल्चोक । चीनमा परेको अविरल बर्षासँगै सिन्धुपाल्चोकको भोटेकोसी नदीमा आएको भीषण बाढीले घरबास कटान गरेर बगाएपछि चार दिनदेखि खुला चौरमा बस्दै आएका ५८ जना बाढीपीडितको शुक्रबार उद्धार गरिएको छ । तातोपानी र मार्मिङ् गाविसका ती पीडितहरूलाई नेपाली सेनाको एम आइ १७ हेलिकप्टरबाट बाह्रबिसे ल्याइएको थियो ।
 
तातोपानीबाट उद्धार गरि ल्याइएका ५८ जना बाढीपीडितमध्ये ४४ जना आजै बाह्रबिसेबाट गाडी चडेर काठमाडौं हिँडिसकेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोकर्णमणी दुवाडीले बताए । उनले बाह्रखरीसँग भने, “तातोपानीको चौकीडाँडा र आसपासमा चार दिनदेखि कष्टकर तरिकाले बसिरहेका ५८ जना बाढीपीडितलाई सेनाको हेलिकप्टरद्वारा बाह्रबिसेसम्म ल्याइपुर्याइएको छ । तीमध्ये अहिले ४४ जना गाडी चडेर काठमाडौंतर्फ गइसकेका छन् भने १३ जना पीडित बाह्रबिसेका आफन्तकोमा बस्छु भनि गएका छन् र एक जना पीडित अस्वस्थ भएको कारण हेलिकप्टरबाट काठमाडौं पठाइएको छ ।”
 
जिल्ला दैवि प्रकोप उद्धार समितिको बिहिबार बसेको बैठकको निर्णयानुसार बाढीपीडितको चाहना अनुरूप उनीहरूलाई त्यहाँबाट उद्धार गरि काठमाडौँ पठाइएको हो । तातोपानीमै रहेका बाँकी पीडितहरुलाई भने सुरक्षित स्थानमा स्थान्तरण गरेर बसोबासको लागि आवाश्यक राहत सामग्री उपलब्ध गराउने निर्णय गरिएको छ । 
 
मंगलबार भोटेकोसीमा आएको बाढीले तातोपानी र आसपासका गाविसको ४० भन्दा बढी घर बगाएको थियो । तातोपानी र तल्लो तटीय क्षेत्र बाह्रबिसे, लामोसाँघु बजारको सय भन्दा बढी घरहरु अझै बाढीको जोखीममा रहेको प्रहरीले बताएको छ ।
 
अहिले पनि तातोपानी, बाह्रबिसेलगायत मंगलबार बाढीबाट प्रभावित स्थानहरुको मौसम प्रतिकुल रहेको कारण फेरी हुन सक्ने खतरालाई ध्यानमा राखी जिल्लाका सुरक्षा निकायहरुलाई ‘हाइ अलर्ट’ राखीएको छ  । त्यस्तै बुधबार नै गृहमन्त्री शक्तीबहादुर बस्नेत र वन तथा भूसंरक्षण मन्त्री अग्नी सापकोटाले बाढी प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गरेर जिल्लाका ३ वटै सुरक्षा निकायलाई ‘अलर्ट’ रहन निर्देशन दिइसकेका छन् ।
 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७३  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय