site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडाैं । ७७ वटै जिल्लामा रहेका जिल्ला जनस्वास्थ्य कार्यालय असोजबाट खारेज गरेर ३५ जिल्लामा नयाँ स्वास्थ्य कार्यालय सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । असोजबाट संघीय संरचनामा स्वास्थ्यलाई पनि लैजाँदा ३५ वटा जिल्लामा संगठन संरचना र दरवन्दी समेत थप्ने मन्त्रालयले जनाएको छ ।

ती स्वास्थ्य कार्यालय सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय माताहतमा रहने छन् । निर्देशनालयमा प्रमुख सहित ३७ जना कर्मचारीको दरवन्दी हुनेछ । निर्देशनालयमा ९ वटा शाखा कार्यालयहरु रहनेछन् । 

यसअघि सरकारले जिल्ला स्वास्थ्य कार्यालय असार महिनाबाटै खारेज गर्ने तयारी गरेको थियो । तर निःशुल्क औषधी, खोप, परिवार नियोजनका साधन लगायतका स्वास्थ्य कार्यक्रमहरुमा समस्या आउने भएपछि असोजसम्म रहने भएको मन्त्रालयका समन्वय महाशाखाका प्रमुख मोहम्मद दाउदले बताए । 

उनले भने, “देशैभरका जिल्ला जनस्वास्थ्य कार्यालयहरु असारबाट खारेज गरेर संघीय संरचनामा जान समस्या भएपछि असोजसम्म रहने र असोजबाट नयाँ स्वास्थ्य कार्यालय स्थापना गरेर सेवा दिन लागेको हो ।” 

मन्त्रालयका नीति तथा समन्वय महाशाखाका प्रमुख विकास लामिछानेका अनुसार असोजबाट जिल्ला जनस्वास्थ्य कार्यालय खारेज भएसँगै सातै प्रदेशमा नयाँ स्वास्थ्य कार्यालयहरु ३५ जिल्लामा सञ्चालनमा रहनेछन्  । उनले भने, “नयाँ स्वास्थ्य कार्यालयले जिल्ला जनस्वास्थ्य कार्यालयले जसरी नै प्रदेशबाट  काम गर्नेछन् ।”

नयाँ स्वास्थ्य कार्यालय कुन प्रदेशमा कति ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय संरचनामा जिल्ला जनस्वास्थ्य कार्यालय खारेज गरेर नयाँ स्वास्थ्य कार्यालय रहने जनाएको छ । प्रदेश नम्बर १ मा पाँचथर, तेह्रथुम, मोरङ, उदयपुर, धनकुटा र ओखलढुंगा गरी ६ वटा जिल्लामा स्वास्थ्य कार्यालयहरु रहनेछन् । 

त्यसैगरी, प्रदेश नम्बर २ मा ३ वटा स्वास्थ्य कार्यालयहरु बारा, धनुषा र सप्तरीमा रहने छन् । प्रदेश नम्बर ३ मा काठमाडौं, चितवन, नुवाकोट, रामेछाप र काभ्रेमा गरी ५ वटा जिल्लामा स्वास्थ्य कार्यालय रहने छन् । गण्डकी प्रदेशमा गोरखा, बाग्लुङ, लम्जुङ, मुस्ताङ र कास्कीमा गरी ५ जिल्लामा कार्यालयहरु  रहनेछन् । 

त्यस्तै, प्रदेश नम्बर ५ मा बाँके, रुपन्देही, प्युठान, दाङ, पाल्पा, रुकुम पूर्वमा गरी ६ वटा जिल्लामा  स्वास्थ्य कार्यालयहरु रहनेछन् । सुर्खेत, सल्यान, जुम्ला, मुगु, हुम्ला, डोल्पा गरी ६ वटा जिल्लामा कर्णाली प्रदेशका स्वास्थ्य कार्यालयहरु रहनेछन् । प्रदेश ७ मा ४ जिल्लाहरु कैलाली, अछाम, डडेलधुरा र बैतडीमा स्वास्थ्य कार्यालयहरु रहने मन्त्रालयले जनाएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro