site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडौं । गर्मीको समयमा तराईका जिल्लामा देखापर्ने औलो रोग पछिल्लो समय हिमाली जिल्लामा पनि देखापर्न थालेको छ । केहीसाता यता हिमाली जिल्ला मुगु र बाजुरामा औलो रोग देखा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार असारदेखि बुधबारसम्म मुगुमा १ सय २५ जनामा  र बाजुरामा ४३ जनामा औलो रोग देखा परेको छ । 

महाशाखा प्रमुख डा. विवेक लालले गर्मीको समयमा तराईका अधिकांश जिल्लामा देखापर्ने औलो पछिल्लो समय हिमाली जिल्लामा पनि देखापरेको बताए ।

“हिमाली जिल्लामा पनि तापमानमा आएको परिर्वतन कै कारणले हिमाली जिल्ला मुगु र बाजुरा मा औलो रोग बढि देखापर्ने गरेको छ,” उनले भने “मुगु जिल्लामा औलोका बिरामी धेरै देखिएपछि महाशाखाले क्षेत्रमा निःशुल्क झुल वितरण र औषधी वितरण गरिरहेको छ।” 
ती क्षेत्रमा लामखुट्टे मार्ने किटनासक औषधी छर्कने काम सुरु भएको डा. लाल बताउँछन् । यी दुई जिल्लामा गर्तवर्ष फाटफुट देखिएको थियो भने यो वर्ष बढि देखिएको समेत डा. लालले जानकारी दिए ।

त्यसैगरी महाशाखाले औलोलाई दुईभागमा विभाजन गरेको छ । एउटा आयातित औलो जुन विदेशबाट फर्किँदा मानिसहरुमा देखिन्छ ।  अर्को  स्थानीयस्तरमा नै देखापर्ने हुन्छ  । तर अहिले हिमाली दुई जिल्लामा देखापरेको औलौ स्थानीयस्तरको हो ।

ती जिल्लामा  देखापरेको औलो सामान्य असर गर्ने खाले भएकाले अहिलेसम्म ठूलो असर नपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. विकास लामिछानेले बताए । यो रोग पोथी एनोफिलिस जातको लामखुट्टेको टोकाईका कारण हुने चिकित्सकहरु बताउँछन् । 

संक्रमित पोथी एनोफिलिस जातको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्दा लामखुट्टेले आफनो र्यालसँगै व्यक्तिको रगतमा औलो परजीवीलाई पुर्याइदिन्छ । संक्रमित लामखुट्टेले टोकेको १० देखि १२ दिनपछि उक्त व्यक्तिमा औलो रोगको लक्षण देखा पर्ने सरुवा रोग अस्तपतालका डा. शेरबहादुर पुनले बताए । उनले भने, “औलो रोगको समयमा नै उपचार नभए कलेजो सुन्निने जटिलता आई बिरामीको मृत्यु समेत हुन्छ ।”

सातै प्रदेशमा कुल आयातित औलो ७ महिनामा ३ सय ५ जनामा देखिएको छ । 

त्यसैगरी, पछिल्लो सात महिनायता सबैभन्दा बढि प्रदेश नम्बर ७ को कैलालीमा १ सय २५ जनामा औलोका बिरामी भेटिएका छन् । कैलालीमा देखापरेका अधिकांश बिरामीहरु भारतमा काम गरेर फर्किएकाहरु छन् । 

महाशाखामा आएको तथ्यांकअनुसार गतवर्ष धेरै देखिएका जिल्लाहरुमध्ये झापामा ७, मोरङमा ६, सुनसरीमा ५, उदयपुरमा १, बारामा ३, सिरहामा ३, सप्तरीमा, ६, रौतहटमा ८, धनुषामा ११, महोत्तरीमा ११, पर्सामा ३, सर्लाहीमा ११, चितवनमा १५, बाँकेमा ६७, बर्दियामा १६ र दाङमा १९ जनामा औलोको संक्रमण देखिएको थियो ।

त्यस्तै, यसवर्ष औलो देखापरेका जिल्लाहरु झापामा ५, मोरङमा २, रौतहटमा ५, धनुषामा १, महोत्तरीमा ५, पर्सामा १, सलार्हीमा ७, सिराहामा १, चितवनमा ५, सिन्धुलीमा १, काठमाडौंमा १ कास्कीमा ८, पर्वतमा १, कपिलवस्तुमा १९, नवलपरासीमा ९, रुपन्देहीमा १४, बाँकेमा २६, बर्दियामा ७, सुर्खेतमा १२, मुगुमा १२५, डडेलधुरामा ३, कैलालीमा १२८, कञ्चनपुरमा ४२ अछाममा १७ र बाजुरामा ४३ गरी ३६ जिल्लामा औलौ रोग देखापरेको छ । अहिलेसम्म ४ सय ८८ जनामा देखापरेको महाशाखाले जनाएको छ । 

लक्षण

चिकित्सकहरुका अनुसार औलो रोग लाग्दा एक्कासी कामज्वरो आउने, ज्वरो आउने,  अल्छी लाग्ने, खानामा अरुचि हुने, जाडो लागेर कम्प हुने, मांसपेशीहरु दुख्ने, वाकवाकी लाग्ने, मन्द ज्वरो आईरहने, दिन बिराएर ज्वरो आउने र कलेजो सुन्निने लगायतका लक्षणहरु देखापर्छ ।

कसरी बच्ने ?
 

औलो रोग लामखुट्टेको टोकाइबाट सर्छ । घर वरिपरी लामखुट्टे बस्ने बासस्थान नष्ट गर्ने, लामखुट्टेको टोकाइवाट जोगिने, राति सुत्दा झुलको प्रयोग गनुपर्छ । त्यसैगरी, शरीरका खुला अंगहरूमा लामखुट्टेबाट बच्न सकिने मलम लगाउने, लामखुट्टेविरुद्ध प्रयोग गरिने स्प्रे, लिक्विड, म्याट आदिको प्रयोग गरेमा बच्न सकिन्छ । यदि एक दिन बिराएर ज्वरो आएमा, काम ज्वरो आएमा तुरुन्त चिकित्सककहाँ गएर उपचार गराउनुपर्ने महाशाखाका प्रमुख डा. विवेक लाल बताउँछन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  ०६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro