site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘पजेरो चढ्ने मन्त्रीले माइक्रो चढ्नेका मर्का बुझेनन्’

काठमाडौं । त्रिपुरेश्वर–नागढुङ्गा सडक खण्ड विस्तारका पीडितले तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदा अधिकारीलाई कारबाही गर्न माग राखेका छन् ।  सडक विभागले १२.५ किमि लम्बाइको यो सडकको सबै स्थानलाई २२ मिटर चौडाइमा विस्तारका लागि २०७२ असार ३१ गते ठेक्का लगाएको थियो । 

शैलुङ, कान्छाराम र शर्मा निर्माण कम्पनीलाई विभागले २०७४ पुसभित्र विस्तार सम्पन्न गर्ने सहमतिमा उक्त मितिमा ठेक्का लगाएको हो । ठेक्का मितिमा काम नसक्ने ठेकेदारलाई कारबाही गर्ने गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले बताए पनि यस सडक खण्डका ठेकेदारलाई कुनै कारबाही हुन सकेको छैन ।

शारदा अधिकारी हाल उपचारका लागि थाइल्यान्डमा रहेकाले यसबारे केही बोल्न नसकिने शैलुङ निर्माण सेवाका प्रोजेक्ट मेनेजर नवराज भण्डारीले बताए ।

“ठेक्का मितिमा काम नसक्ने ठेकेदारलाई किन कारबाही गरिँदैन ?” थानकोटका पीडित रामशरण घिमिरेले भने, “ठेकेदार प्रचण्डको घरबेटी भन्ने सुनेको छु । तत्काल कारबाही होस् । जो भए पनि तत्काल कारवाही हुनुपर्छ ।”

ठेक्का मिति सकिएपछि गत पुसबाट यस आयोजनाको मिति थप गरिएको उपत्यका सडक विस्तार आयोजनाका प्रमुख दीपक केसीले जानकारी दिए ।

\"\"

आयोजना कार्यालय र ठेकेदारबीच आपसी सहमतिमा मिति थपिएकाले कारबाही गर्ने कारण नदेखिएको गृह मन्त्रालय स्रोतको दाबी छ ।

“मिति थप्न पनि नमान्ने काम पनि सम्पन्न नगर्ने, यस्ता ठेकेदार कारबाहीमा पर्ने हुन्,” गृह मन्त्रालयका एक सहसचिवले बाह्रखरीसँग भने, “तर त्रिपुरेश्वर–नागढुङ्गा सडक विस्तार गर्ने ठेकेदारले काम सम्पन्न गर्ने मिति बाँकी रहेकाले कारबाही नगरिएको हो ।”
समयमै सडक विस्तार नहुँदा सडकको अवस्था दिनप्रतिदिन खराब हुँदै गएको प्रति स्थानीय चिन्तित छन् भने त्यत्तिकै मात्रामा समस्या भोग्न बाध्य छन् ।

“यो सडकको समस्या तत्कालको होइन धेरै मन्त्री, प्रधानमन्त्री स्थलगत निरीक्षणका लागि आए । तर पजेरो चढेर आउने मन्त्री प्रधानमन्त्रीले बस, माइक्रो चढ्ने सर्वसाधारणको समस्या बुझ्न सकेनन्,” गुर्जुधाराका स्थानीय दीपक अम्गाईंले आक्रोश पोखे, “मन्त्रीले निर्देशन दिने मात्र होइन, ठेकेदारबाट दैनिक कामको प्रगति विवरण लिएर कडाइका साथ काम गराउनु पर्छ ।”  
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, साउन २४, २०७५  ०९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro