site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वर्षासँगै स्क्रब टाइफसका बिरामी बढे, कसरी बच्ने ?

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकलमा उपचार गर्न आएकी धादिङ्गकी एक महिलालाई लगातार झाडापखाला लाग्यो । उनले स्थानीय फार्मेसीबाट झाडापखालाको औषधी किनेर खाइन् तर त्यो औषधीले झाडापखाला पनि रोकिएन । अझ टाउको दुख्ने समस्या पनि थपियो । बिरामीको भनाइलाई उद्धृत गदै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनले भने, “झाडापखाला र टाउको दुखेर सरुवा रोग अस्पताल आएकी महिलाको रगत परीक्षण गर्दा स्क्रब टाईफस देखापर्यो ।”

वर्षासँगै काठमाडौं उपत्यककामा एक सातादेखि स्क्रब टाईफसका बिरामी बढ्दै गएको चिकित्कहरु बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार एक सातायता १२ जना बिरामीमा स्क्रब टाइफस देखिएको छ । उपचार गर्न आएका धादिङ, सिन्धुपाल्चोक, सर्लाही, हेटौंडा, चितवनबाट आउने बिरामीमा बढी स्क्रब टाईफस देखापर्ने गरेको चिकित्सकहरु बताउँछन् । 

मुसामा पाइने किर्ना माईट (ओरीएन्टा सुसुगामुसी) नामक ब्याक्टेरियाबाट हुने संक्रमणबाट स्क्रब टाईफस रोग देखापर्छ । सरुवा रोग अस्पतालका विशेषज्ञ डा. पुनका अनुसार उपचारमा आउने बिरामीहरु अधिकांशमा कडा ज्वरो आउने, लगातार टाउको दुखिरहने, पसिना आइरहने, खान मन नलाग्ने लगायतका लक्षण लिएर आउने गरेका छन् । डा. पुन भन्छन्, “कोहि स्क्रब टाईफस भएका बिरामीहरुमा झाडापखाला पनि एकै साथ देखापर्ने हुन्छ ।”

अझै पनि स्थानीय तहका स्वास्थ्यकर्मीले बिरामीको स्वास्थ्य चेक नगरि औषधी दिने प्रवृत्ति नरोकिएको ईपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका विवेक लालले बताए । “यस्तो गम्भिर रोगलाई सामान्य मानेर स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षण नगरि बिरामीलाई औषधी दिँदा बिरामीको ज्यानैसम्म जानेहुन्छ,” उनले भने, “यो रोग पानी पर्ने समयमा बढि जोखिम हुन्छ । त्यस्तो समयमा  घरवरिपरी झारपात उखल्ने, सरसफाईमा ध्यान दिएमा बच्न सकिन्छ ।” यो रोग सामान्यतया साउन देखि भदौ अन्तिमसम्म बढी देखापर्ने हुुन्छ ।

स्क्रब टाईफस भएका व्यक्तिको उपचार कम्तिमा पनि एक साताभित्र हुनुपर्छ । उपचार समयमा हुन नसकेमा संक्रमण फैलिने र शरीरका विभिन्न अंगले काम नगर्ने हुनुका साथै बिरामीको मृत्यु समेत हुने चिकित्सकहरु बताउँछन् ।

गत वर्ष स्क्रब टाईफसका ५ सय ९ जना बिरामी देखापरेका थिए भने ४ जनाको मृत्यु भएको थियो । नेपालमा २०७२ सालमा पहिलो पटक यो रोग देखिँदा १०१ जना बिरामी भएका मध्ये ८ जनाको मृत्यु भएको थियो । अझै पनि सर्लाही, हेटौडा, चितवनमा, सिन्धुपाल्चोकमा देखा परेका स्क्रब टाइफसका बिरामीलाई स्थानीय स्वास्थ्यकर्मीहरुले झाडापखाला भएको भन्दै औषधि दिने गरेको सरुवा रोग अस्पतालका चिकित्सकहरु बताउँछन् ।

लक्षण
अत्यधिक ज्वरो आउने
टाउको दुख्ने, हातखुट्टा दुख्ने
गर्धन र घाँटी वरपर मसिना बिमिरा आउने
पेट र छाती दुख्ने

कसरी बच्ने ?
व्यक्तिगत सरसफाइमा ध्यान दिने
घरवरिपरिको झारपात उखेलेर सफा गर्ने
किटनाशक पदार्थको प्रयोग गरी किर्नाको टोकाइबाट बच्ने
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, साउन २३, २०७५  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro