site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वार्ताको वातावरण बनेनः डा.केसी पक्ष, एकदुई दिनमै बोलाउँछौंः सरकार 

काठमाडौं । सरकारले अपहरणको शैलीमा आफूलाई काठमाडौं लिएर आएको भन्दै २२ दिनदेखि अनसनरत डा .गोविन्द केसीले स्वास्थ्य जाँच र सुविधा लिन मानेका छैनन् । उनले विहीबार बेलुका देखि कुनै पनि औषधी उपचार नलिएको उपचारमा संम्लग्न चिकित्सकहरुले बताएका छन् । 

डा.केसीले आफ्नो सत्याग्रह तुहाउन सरकार लागि परेको गुनाोि गर्दै आएको उनका सहयोगी डा. विषद दाहालले बताए । “स्वास्थ्य उपचार गर्ने बहानामा मलाई जुम्लाबाट उठाएर यहाँ ल्याएर मेरा सम्पूर्ण मागहरुलाई तुहाउन खोजिएको छ,” दाहालले डा.केसीलाई उदृत गर्दै भने ।  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सत्याग्रह सुरु गरेको ५ औं दिनदेखि डा. केसीको मुटुको चालमा गम्भीर समस्या देखिएको थियो । तर, उनको अडानका बीच ईसीजी गरेर मुटुको अवस्थाबारे थाहा पाउन नसकिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । 

डा.केसीले रक्त परिक्षण गर्न नमानेका कारण रगतमा पोटासियम, म्याग्नेसियम, क्याल्सियम लगायतका ‘इलेक्ट्रोलाइट्स’को वर्तमान अवस्थाको बारेमा पनि जानकारी पाउन नसकिएको दाहाल बताउँछन् ।

उनले विहीबारबाट सामान्य रक्तचाप  परिक्षण गर्न पनि अस्वीकार गरेको बताइएको छ । “काठमाडौं आएकै दिन मुटुको अवस्थाबारे जाँच गरी डा. केसीलाई सीसीयूमा लाने तयारी गरिएको थियो । तर, उनले जाँच गर्न नमानेपछि डा.केसीको शरीर भित्र के–कस्ता परिवर्तन भइरहेको छ, यसै भन्न सकिने अवस्था नरहेको उनका सहयोगीहरु बताउँछन् । डा. केसीलाई  अहिले चौधौं पटकसम्म  अनसन बसेको स्थान गणेशमान सिहँको भवनमा राखिएको छ । 

डा. केसीले अहिले कोहीसँग पनि दोहोरो सम्वाद गर्न सकेका छैन् भने भेट्न आएकासँग हातको इसाराले कुरा गर्न थालेको चिकित्सकहरु बताउँछन् । उनले अनसन असार १६ गतेबाट सुरु गरेका थिए ।  

डा. केसीलाई अनसनकै अवस्थामा सरकारले विहीबार जुम्लाबाट जबर्जस्ती काठमाडौं ल्याएको थियो । डा. केसीको स्वास्थ्य अवस्था एकपछि अर्को बिग्रँदै गइरहे पनि सरकारपक्ष बाट ठोस वार्ताको प्रयास नभएको डा. केसी पक्ष बताउँछ । सरकारले चिकित्सा शिक्षा विधेक फिर्ता नगर्ने अडान राखेको छ भने डा. केसीपक्षले चिकित्सा विधेक फिर्ता गरे मात्र वार्तामा बस्ने अडान राख्दै आएको छ । 

सरकारसँग संवाद गर्न डा. केसी पक्षका वार्ता टोलीका सदस्यहरु सरकारी पक्षबाट वार्ताका लागि कुनै प्रयास नभएको बताउँछन् । “सरकारले वार्ताका लागि कुनै पहल गरेको छैन् हामीले शान्तिपूर्ण नागरिक आन्दोलन गर्दा सरकारले त्यसको विरोध गर्न थाल्यो अब हामी त्यसको प्रतिकार गर्छौं,” डा. केसी पक्षका वार्ता टोली सदस्य ओमप्रकास अर्यालले भने । 

यता, सरकारले डा. केसीसँग  बनाएको वार्ता टोलीका संयोजक शिक्षा सचिव खगराज बरालले विधेयक फिर्ता नभई वार्तामा नबस्ने केसी पक्षको अडानका कारण संवादहीनताको अवस्था सिर्जना भएको  बताए । “तपाईंहरुले विधेक फिर्ता नगरेसम्म वार्तामा बदैनौं र डा.केसीलाई जुम्लाबाट काठमाडौं ल्याउँदैनौं भन्नुभएको थियो उहाँहरुले तर अहिले डा. केसीलाई सरकारले जीवनरक्षाका लागि काठमाडौं ल्याईसकेको छ,” उनले भने “अबको केही दिनमा सरकारले डा. केसी पक्षलाई वार्ताका लागि बोलाउँछ ।” विधेयक फिर्ता लिने विषय संसदसँग सम्बन्धित भएकाले यसमा आफूले केही गर्न नसक्ने सचिव बराल बताउँछन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, साउन ५, २०७५  १७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro