site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बर्षातको समयमा इन्फ्लुएन्जाको जोखिम ! यसरी सकिन्छ बच्न

काठमाडौं । मनसुन सुरु भएसँगै देखिने भाइरल इन्फ्लुएन्जाको जोखिम बढेकाले सचेत रहन चिकित्सकहरुले सुझाव दिएका छन् । शुरुमा साधारण रुघाखोकी, ज्वरो आउनेलगायतका लक्षण देखिने र पछि बढ्दै गएर आकस्मिक रूपमा ज्यान गुमाउनेको संख्या बढ्दै गएको भन्दै चिकित्सकले सचेत रहन सुझाव दिएका हुन् । 

पछिल्लो समय अस्पतालहरुमा भाइरल इन्फ्लुएन्जाका विरामी बढ्न थालेकाले आफ्नो स्वास्थ्यप्रति सजग रहन शुक्रराज ट्रपिलकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताए । “नेपालमा वर्षातको समयमा जाडो र वर्षाको मौषममा देखिने इन्फ्लुएन्जा ए र बीको संक्रमणभाइरल इन्फ्लुएन्जाको जोखिम बढि हुने हुन्छ ।”

उनले भने,“मौसम परिवर्तनको समयमा भाइरल इन्फ्लुएन्जाको कारण मानिसको मृत्यु हुने गरेको छ त्यसैले रुघाखोकी र ज्वरोलाई सामान्य रुपमा लिनु हुदैन् ।” भाइरल इन्फ्लुएन्जाले बालबालिका, वृद्धबृद्धा र दीर्घ रोगीहरुमा जोखिम उच्च हुने गरेको छ । नेपालमा इन्फ्लुएन्जा ए सबैभन्दा बढि देखिने गरेको छ । 

यी हुन् भाइरल इन्फ्लुएन्जाको लक्षणहरुः

भाइरल इन्फ्लुएन्जा बृद्धबृद्धा वयस्कमा ज्वरो आउने, जाडो हुने, काम्ने, खोकी लाग्ने सास फेर्न गाह्रो हुने स्वर बस्ने, सिंगान आइरहने, छाती तथा घांटी दुख्ने, शरीरमा घमौरा आउने, वान्ता हुने, रिंगटा लाग्ने, सम्पूर्ण शरीर दुख्ने, थकाइ लाग्ने, ज्वरोको औषधि खाएपनि लामो समय निको नहुने समस्या देखापर्छ । 

त्यसैगरी, भाइरल इन्फ्लुएन्जाका बालबालिकामा सास फेर्न गाह्रो हुने, छालाको रंग निलोनिलो देखिने, छिटोछिटो पानी तथा झोलिलो खाना नखाने, सुतिरहने, बिमिरासहितको ज्वरो आउने लगायतको समस्या देखापर्ने डा.पुनको भनाई छ । यस्ता  लक्षण सामान्य वा मौसमी रुघामा, छाती वा घाँटीको संक्रमणमा, टाइफाइड तथा निमोनियामा पनि देखिने भएकोले अभिभावक तथा चिकित्सक पनि झुक्किने सम्भावना हुनसक्ने उनले बताए । भाइरल इन्फ्लुएन्जाले सबैभन्दा चाडो दीर्घ रोगका विरामीलाई संक्रमण गर्ने गर्छ । 

कस्ता रोगका विरामीलाई बढी जोखिम ?
 

भाइरल इन्फ्लुएन्जाले दीर्घ रोगका विरामीहरु मृगौला तथा क्यान्सरका बिरामी, मधुमेह, मुटुको रोग, दम, बालबालिका, बृद्धबृद्धा, स्वास्थ्यकर्मी, गर्भवती महिलाहरुलाई इन्फ्लुएन्जा भाइरलको वढि जोखिम हुन्छ । 

भाइरल इन्फ्लुएन्जाबाट कसरी बच्ने
 

भाइरल इन्फ्लुएन्जामा एन्टिबायोटिकले सेकेण्डरी इन्फेक्सन रोक्ने बाहेक पुरै निको गर्न सक्दैन । सामान्य इन्फ्लुएन्जा भाइलर ज्वरो खोकी लगायतको लक्षण देखापरेमा प्रशस्त झोलिलो एवम् पोषिलो खानेकुरा खाने र आराम गरेमा ठिक हुन्छ । तर कडा प्रकारका इन्फ्लुएन्जा भाइरसलाई एन्टी भाइरस औषधिले प्रभावकारी काम नगर्ने हुँदा चिकित्सकको निगरानीमा उपचार गनुपर्छ । 

रुघाखोकी लागेको व्यक्तिलाई घरमा छुट्टै कोठामा राख्ने, उसले प्रयोग गरेका सामान प्रयोग नगर्ने, विद्यालय, अस्पताल, सिनेमा घर, सार्वजनिक बस, सपिङ महल, स्विमिङ पुल आदिबाट एकार्कामा रोग चाँडो फैलिने सम्भावना हुन्छ ।

मुख, नाक तथा आँखामा हात सफा नगरी नछुने, साबुनपानीले राम्रोसंग हात सफा गरेर मात्र खाना खाने, रुघाखोकी लागेको बेला धुमपान तथा मद्यपान नगर्ने, बाटोमा हिंड्दा वा भीडमा जाँदा मास्क लगाउनुपर्दछ, बिरामी हुँदा घरमा आराम गर्ने, प्रशस्त झोलिलो तथा पोषिलो खाने कुरा खाने गरेमा बच्न सकिने डा. पुन बताउँछन् ।  
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असार २९, २०७५  ०७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro