site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दुर्घटना निम्त्याउँदै नारायणगढ–मुग्लिन सडकका जीर्ण पुल
Sarbottam CementSarbottam Cement

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने ३ नं पुलको रेलिङबाट मोटरसाइकल खसेर आइतबार दुई जनाको ज्यान गयो ।

इच्छाकामना गाउँपालिकाको वडा नं ५ मा पर्ने यो पुलमा आइतबार बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सवार डँडेलधुरा गणेशपुर–६ का २५ वर्षका अभिषेक मल्ल र सोही ठाउँका २२ वर्षका तेजबहादुर बोहोराको ज्यान गयो ।

बा ६२ प ३७०४ नम्बरको मोटरसाइकल दुर्घटना भई सय मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिवप्रसाद आचार्यले जानकारी दिए । पुलसँगै रहेको रेलिङ जीर्ण हुँदा मोटरसाइकल खोलामा खस्न पुगेको प्रहरीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नारायणगढ–मुग्लिन सडकमा रहेका जीर्ण पुलहरुको समयमै मर्मत नगर्ने हो भने यसैगरी अन्य सवारीसाधन खस्न सक्ने जोखिम देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष पन्तले जीर्ण पुलहरुको जोखिमसँगै ट्राफिक जामको समस्याले दुर्घटना बढ्नसक्ने बताउँछन् । 

उनी भन्छन्, “यस सडकअन्तर्गत रहेका प्रायः सबै पुल जीर्ण र साँघुरा छन् । सडक राम्रो भएरमात्रै हुँदैन, साँघुरा पुलकै कारण सडकमा हुने ट्राफिक जामको हैरानी व्यहोर्नुपर्ने अवस्था छ ।”

Global Ime bank

“कतिपय पुलका रेलिङ नै छैनन्, भएका रेलिङ पनि भाँचिएर जीर्ण हुँदा त्यहीँबाट सवारीसाधन खसेर दुर्घटना हुने जोखिम अझै देखिएको छ”, प्रहरी निरीक्षक पन्त भन्छन् ।

कालोपत्रे गर्ने काम सकिए पनि नारायणगढ–मुग्लिङ सडकका साँघुरा एवं जीर्ण पुलकै कारण यात्रामा सास्ती भोग्नुपर्ने अवस्था छ । सडकमा रहेका जीर्ण पुल तथा रेलिङ नै अहिले दुर्घटनाको कारक बनेको छ ।

नारायणगढ–मुग्लिन सडकको कुल ३२.२ किलोमिटर दूरीमा अहिले १८ वटा ठूला–साना पुल छन् । प्रायः पुलको चौडाइ ६ मिटर छ । सडकको स्तरवृद्धिसँगै यो चौडाइ अत्यन्त कम हो ।

प्रहरी निरीक्षक पन्त भन्छन्, “यो सडकमा कम्तीमा पनि ११ मिटर चौडाइ भएका पुल आवश्यक हुन्छ । जीर्ण पुलमध्ये १० वटाको अवस्था दयनीय छ ।”

नारायणगढ–मुग्लिन आयोजनाले अहिले जलविरे, खानीखोला, मौरी र दासढुंगा गरी चार पुल निर्माण गदैृछ । आयोजना प्रमुख गोविन्द खनालका अनुसार बजेट अभावका कारण अन्य पुल बनाउन सकिएको छैन ।

नारायणगढ–मुग्लिन सडकको पुनर्निर्माणका क्रममा सडकमा कालोपत्रे गर्ने काम भएसँगै यात्रा गर्न त केही सहज भएको छ । तर, सडकका साँघुरा एवं जीर्ण पुलका कारण ट्राफिक जामको समस्या भइरहेको छ ।

आयोजना प्मुख खनाल भन्छन्, “नारायणगढ–मुग्लिन सडकमा ३१ वटा ठाउँमा पहिरोको जोखिम छ । यस वर्षको बर्खायाममा पनि पहिरोका कारणले यात्रुले दुःख पाउने सम्भावना छ ।”

नारायणगढ–मुग्लिन सडकमा मुग्लिनदेखि सेती दोभानसम्मको सडकखण्ड पहिरोको जोखिम बढी देखिन्छ । यो क्षेत्र सडक विस्तारका क्रममा पहाड काटिएकाले पहिरोको जोखिम बढेको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०७५  ०९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC