site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘छक्का पञ्जा’ले हिन्दीलाई सकस
Tiktok banner adTiktok banner ad
काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा’ले भारतीय सिनेमालाई समेत ओझेलमा पारिदिएको छ । गत शुक्रबारबाट रिलिज भएको चलचित्र ‘छक्का पञ्जा’ले ‘बार बार देखो’ र ‘फ्रिकी’लाई पखा लगाउँदै आक्रामक व्यापार गरेको हो । 
“नेपाली चलचित्रभन्दा हिन्दी चलचित्रमा भीडभाड हुने हलहरुमा समेत ‘छक्का पञ्जा’ लागेपछि दर्शक नेपाली सिनेमामा आकर्षित हुनुभएको छ,” ‘छक्का पञ्जा’ का कलाकार शिवहरि पौडेलले भने, “गोपीकृष्णका सातवटा हलमा ६ वटा हलमा ‘छक्का पञ्जा’ लाग्यो, गोपीकृष्णको इतिहासमा पहिलोपटक नेपाली सिनेमाले यतीिधेरै हल भरिएको हो ।”
‘छक्का पञ्जा’की निर्देशक दीपाश्री निरौलाले पनि नेपाली सिनेमा राम्रो छ भने स्वतः हिन्दी सिनेमासँग नेपाली बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताइन् । 
अष्टनारायण हलका सञ्चालक त्रिरत्न मानन्धरले हिन्दी सिनेमाको तुलनामा ‘छक्का पञ्जा’मा धेरै दर्शक रहेको बताए । नियमित रूपमा हिन्दी सिनेमा हेर्दै आएका दर्शक पनि ‘छक्का पञ्जा’ हेर्न आएको उनको अनुमान छ । 
यता ललितपुरको गुण सिनेमामा पनि हिन्दीमा भन्दा नेपाली सिनेमा ‘छक्का पञ्जा’मै बढी दर्शक छन् । “अहिले हिन्दी त बन्दजस्तै छ, ‘छक्का पञ्जा’ मा मात्रै दर्शक छन्,” गुण सिनेमाका बजार व्यवस्थापक शम्भु सिटौलाले भने, “राम्रो ब्यानरमा बनेका नेपाली चलचित्रमा दर्शकको संख्या बढ्दै गएको छ ।”
यता मल्टिपल हलहरुमा पनि हिन्दी सिनेमाको भन्दा ‘छक्का पञ्जा’ को राम्रो व्यापार छ । “‘छक्का पञ्जा’ हेर्ने दर्शकको संख्या हिन्दी चलचित्र हेर्न आउनेको भन्दा उल्लेख्य छ,” क्यूएफएक्सको बजार शाखाले भन्यो, “पछिल्लो समय राम्रा चलचित्र बने भने नेपाली सिनेमा हेर्नेहरुको संख्या पनि कम हुँदैन ।”
शुक्रबारबाट रिलिज भएको चलचित्र ‘छक्का पञ्जा’ले सोमबारसम्ममा चार दिनमा तीन करोडको व्यापार गरेको ‘छक्का पञ्जा’ की निर्देशक दीपाश्रीले जानकारी दिइन् । “चार दिनमा तीन करोड प्लसको व्यापार भइसकेको रिपोर्ट आएको छ,” निरौलाले भनिन्, “हिजोसम्म पूर्वी नेपालमा केही कम दर्शकको उपस्थिति देखिएको थियो तर, आज बिहानको शोबाट पूर्वी नेपालका अधिकांश हल हाउसफुल भएको समाचार प्राप्त भएको छ ।” काठमाडौंका हलहरुमा सिनेमाको प्रचारका लागि हिँडिरहेको ‘छक्का पञ्जा’को टोली सोमबारपछि उपत्यका बाहिर पनि जाने तयारीमा रहेको निर्देशक निरौलाले बताइन् । 
वैदेशिक रोजगारीले दैनिक जनजीवनमा पारेको प्रभावलाई हास्यरसहित प्रस्तुत गरिएको ‘छक्का पञ्जा’मा दीपकराज गिरी, प्रिपंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, शिवहरि पौडेल, वर्षा राउतलगायतका कलाकारले अभिनय गरेका छन् । ‘छक्का पञ्जा’ दिपाश्री निरौलाले निर्देशन गरेको पहिलो चलचित्र हो ।  
‘छ एकान छ’ र ‘वडा नम्बर ६’ निर्माण गरेको तीतो सत्य युनिटले नै ‘छक्का पञ्जा’ बनाएको हो । ‘छ एकान छ’ र ‘वडा नम्बर ६’ दुवै सफल चलचित्र हुन् । 
दीपकराज गिरी र दिपाश्री निरौला पछिल्लो समय ‘तितो सत्य’ नामक हास्यप्रधान टेलिचलचित्र बन्द गरेर ठूलो पर्दाका सिनेमा निर्माणमा सक्रिय छन् । काँचको पर्दामा जमेको दीपक–दीपाको जोडीलाई सेतो पर्दामा पनि फापेको छ ।
  
 
 
 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७३  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro