site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भारत–पाकिस्तानबीचको तनावमा नेपालको धारणा– आतंकवादविरुद्धमा छौँ 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । भारत–पाकिस्तानबीच देखिएको द्वन्द्वका बारेमा नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपाल स्पष्टरुपमा बर्बर आतंकवादको विरुद्धमा रहेको स्पष्ट पारेको छ ।

पहलगाममा एक नेपालीसहित २६ जना भारतीयको हत्यापछि भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेको थियो । नेपालले दुई छिमेकीबीचमा देखिएको तनाव अन्त्य गरेर शान्ति र स्थिरता कायम हुनेमा विश्वास व्यक्त गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १९:२१
प्रतिक्रिया दिनुहोस्