site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारत–पाकिस्तान तनावको ‘साइड इफेक्ट’ मदरसा र मस्जिदमा सुरक्षा निगरानी बढाइयो
फाइल तस्बिर

काठमाडौं । भारतले पाकिस्तानका केही ठाउँमा हवाई आक्रमण गरेपछि दुई देशबीचको युद्धको त्रास संसारभर फैलिएको छ ।  मंगलबार राति भारतले पाकिस्तानमाथि गरेको मिसाइल आक्रमणमा परी ३१ जना पाकिस्तानी नागरिकको मृत्यु भएको छ । भारतले पाकिस्तानका नौ स्थानमा मिसाइल आक्रमण गरेको थियो ।

भारतीय सेनाको हवाई हमलापछि प्रतिकार गर्दै पाकिस्तानले भारतीय वायुसेनाका पाँच वटा लडाकु जहाज र एउटा ड्रोनसमेत खसालेकोे दाबी गरेको छ ।  भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेपछि पाकिस्तानको सेनाले जम्मू–कश्मिरको सीमा क्षेत्र ‘लाइन अफ कन्ट्रोल’ मा बमबारी गरेको छ ।

जसमा १० जना भारतीय नागरिकसहित एक भारतीय सेनाको मृत्यु भएको बताइएको छ ।  वैशाख ९ मा कश्मिरको पहलगाममा भएको आतंकवादी हमलाको जवाफ स्वरूप पाकिस्तानमा हवाई आक्रमण गरेको भारतको दाबी छ ।

भारतले पाकिस्तानमाथिको ‘अपरेसन सिन्दुर’ नाम दिएको छ ।  भारतीय आक्रमणको पाकिस्तानले जवाफ दिने पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले बुधबार अबेर घोषणा गरेका छन् ।

भारतको मिसाइल आक्रमण परेर अतिवादी संगठन ‘जैश–ए–मोहम्मद’ का प्रमुख यसूद अजहरका परिवारका परिवारका सदस्य कम्तीमा पनि १० जना मारिएको दाबी भारतको छ । यो प्रकणबारे विभिन्न देशहरूले आ–आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् ।

फ्रान्सले आतंकवादविरुद्ध युद्धमा भारतको पक्षमा हुने स्पस्ट पारेको छ ।  चीन, अमेरिका, रुसलगायतका शक्ति राष्ट्रहरूले भने भारत र पाकिस्तान दुवैलाई संयमता अपनाउन अग्रह गरेका छन् । नेपालले औपचारिक रुपमा केही बोलेको छैन । यद्यपि बुधबार भने सुरक्षा समितिको बैठक गरी भारत–पाकिस्तानबीचका तनावबारे समीक्षा भएको छ । 

समितिमा सहभागी एक उच्च सुरक्षा अधिकारीका अनुसार, भारत र पाकिस्तानबीच ठूलो युद्ध हुँदा नेपालमा पनि बाछिटा पर्न सक्ने आकलन गरिएको छ ।

ती अधिकारीले भने, ‘‘नजिकका दुई ठूला राष्ट्रबीच युद्ध हुँदा त्यसको प्रभाव स्वाभाविक रुपमा नजिकका राष्ट्रहरूलाई पर्छ नै । अझ भारत त हाम्रो छिमेकी राष्ट्र हो । खुला सीमाना छन् । त्यहीबारे समीक्षा भएको हो । त्यस्तो गम्भीर होइन ।’’

सुरक्षा समितिमै सल्लाह भएअनुसार सीमा सुरक्षाका जिम्मा पाएको सशस्त्र प्रहरी बललाई सीमा कडाई गर्न निर्देशन दिइएको छ । बुधबारदेखि सशस्त्र प्रहरी बलले चेक प्वाइन्ट बढाउँदै गएको छ । पछिल्लो ४८ घण्टामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीले एक हजार ८४४ स्थानमा चेक प्वाइन्ट राखेर निगरानी गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

उनका अनुसार, सशस्त्र प्रहरीले ३१२ पटक सीमा क्षेत्रमा गस्ती समेत गरेको छ । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलले भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँग समेत सहकार्य गरेको छ । यसअघि भने चेक प्वाइन्ट र गस्ती कम हुने गरेको छ ।

डीएसपी थापाका अनुसार, सीमा क्षेत्रहरूमा सशस्त्र प्रहरी बल नेपाल नम्बर–१ बराह बाहिनी मुख्यालय सुनधसरी, नम्बर–२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नम्बर–३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर, नम्बर–४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नम्बर– ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही र नम्बर –७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीमातहत कार्यालयहरूबाट १० हजारभन्दा बढी सशस्त्र प्रहरी बल नेपालको जनशक्ति परिचालन भएको छ ।

सीमा क्षेत्रमार्फत हुनसक्ने अवैध गतिविधि रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागले समेत निगरानी बढाएको छ ।  प्रहरी अधिकारीका अनुसार, भारत–पाकिस्तानबीच तनाव बढेसँगै तराईका जिल्लाहरूमा सञ्चालित मदरसा, मस्जिदलगायतका क्षेत्रहरूमा सुरक्षा निगरानी बढाएको छ ।

यसरी नै प्रहरीको प्रतिआतंकवाद युनिटलाई अझ सक्रियताका साथ सुक्ष्म निगरानी बढाउन निर्देशन दिइएको छ ।  यसअघि नक्कली भारतीय रुपैयाँको कारोबारमा संलग्नहरूमाथि समेत निगरानी बढाएको छ ।  केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी रमेश थापाले पनि खुल्ला सीमाना तथा संवेदनशील क्षेत्रहरूमा सुरक्षा निगरानी बढाएको बताए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीबाहेक नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागले समेत आन्तरिक तथा बाह्या सूचनाबारे विश्लेषण गर्न थालेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro