देश

काठमाडौं । राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रसहित चैत १५ गते काठमाडौंमा भएको आन्दोलनपछि पक्राउ परेकाहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालतका एक अधिकारीले दिएको जानकारीअनुसार मिश्रसहितलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । मिश्रमाथि आपराधिक उपद्रवमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चैत १५ गते गरेको आन्दोलनका कमान्डर दुर्गा प्रसाईंले आफू क्यान्सरको बिरामी भएकाले जमानीमा बस्न पाउँ भनी निवेदन दिएको हुँदा उनलाई चिकित्सकको निगरानीमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२ १८:३१
प्रतिक्रिया दिनुहोस्