site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
मोदीको भ्रमणले आज र भोलि यी स्थानमा हुँदैछ ट्राफिक जाम
SkywellSkywell

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार जनकपुर हुँदै दुई दिने भ्रमणका लागि काठमाडौं आउने कार्यक्रम छ । मोदी शुक्रबार बिहान ९ बजे जनकपुर पुग्ने र जानकी मन्दिरको दर्शनसँगै बाह्रविघा मैदानमा हुने नागरिक अभिनन्दनपछि दिउँसो साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने तालिका सुरक्षा संयन्त्रसँग छ ।

भारतीय प्रधानमन्त्री मोदी काठमाडौं आएपछि दुई दिन राजधानीको यातायात प्रभावित हुनेछ । शनिबार सार्वजनिक बिदा भएकाले सर्वसाधारणलाई सास्ती केही कम भए पनि शुक्रबार जनजीवन प्रभावित हुनेछ । 

Dabur Nepal
NIC Asia

सुरक्षा स्रोतका अनु्सार शुक्रबार र शनिबार मोदी सवार हुने स्थानका सडकहरु पहिले नै पूर्णरुपमा खाली गरिनेछ । मोदी सवार नहुने रुटमा भने यातायात सहज रुपमा चल्नेछ । मोदी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै वौद्धस्थित होटल हायात जानेछन् । 

हायात होटल पुग्ने रुटमा गौशाला, कोटेश्वर, चाबहिल र बौद्ध क्षेत्रमा चल्ने सवै सवारीसाधन रोकिनेछन्  । होटलमा केही समयको विश्रामपछि मोदी अपरान्ह ४ बजे गार्ड अफ अनर ग्रहणका लागि सैनिक मञ्च टुँडिखेल जाने कार्यक्रम छ । त्यतिबेला चावहिल, गौशाला, नयाँ बानेश्वर, तीनकुनेलगायत रुटमा पूर्णरुपमा सडक खाली गराइनेछ । शुक्रबार नै साढे ४ बजे मोदी उपराष्ट्रपनि नन्दबहाुर पुनलाई भेट्न उपराष्ट्रपति भवन जाने कार्यक्रम छ । त्यतिबेला रत्नपार्क हुँदै दरबारमार्ग र जमल क्षेत्रको यातायात सेवा प्रभावित हुनेछ । उपराष्ट्रपतिसँगको भेटपछि मोदी त्यहीँबाट राष्ट्रपति निवास महाराजगञ्ज जाने कार्यक्रम छ । 

मोदी त्यो रुटमा सवार हुँदा लैनचौर, महाराजगञ्ज क्षेत्रको यातायात सेवा प्रभावित हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटपछि मोदी महारागञ्ज, चाबहिल हुँदै बत्तिसपुतलीस्थित द्वारिकाज होटलमा विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट्न जाने कार्यक्रम छ । शनिबार बिहान मोदी काठमाडौंबाट मुक्तिनाथका लागि प्रस्थान गर्नेछन् । त्यसक्रममा उनी विमानस्थल जाँदा पनि सो क्षेत्रको यातायात सेवा प्रभावित हुनेछ  ।

शनिबार बिहान साढे १० बजे मोदी मुक्तिनाथबाट काठमाडौं फर्किने र त्यसपछि पशुपतिनाथ दर्शन गरेर होटल हायात जाने तालिका रहेको बताइएको छ । त्यतिबेला गौशाला हुँदै हायातसम्मको रुटमा सवारीसाधन चल्नेछैनन् । त्यसपछि मोदी शनिबार दिउँसो साढे एकदेखि दुई बजेको बीचमा काठमाडौं महानगरपालिकाले गर्ने अभिनन्दनको लागि चावहिल, तीनकुने, बानेश्वर, माइतीघर हुँदै राष्ट्रिय सभागृह पुग्ने कार्यक्रम छ । मोदी शनिबार ४ बजे स्वदेश फिर्ता हुनेछन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०७५  ०७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro