site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाललाई रेल र जलमार्गले जोड्ने सहमति

काठमाडौं । नेपाल र भारतलाई रेल र जलमार्गले जोड्ने सहमति भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच नेपाललाई रेल र जलमार्गले जोड्न सहमति भएको हो । 

प्रधानमन्त्री ओलीसँगको भेटपछि शनिबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले सगरमाथाको देश अब सागरसँग जोडिने बताए । मोदीले काठमाडौंलाई भारतसँग जोड्ने नयाँ रेलमार्ग बनाउन दुबै देश काम अघि बढाउने सहमत भएको जानकारी दिए । 

मोदीपछि पत्रकार सम्मेलनलाई सम्बोधन गरेका प्रधानमन्त्री ओलीले रेल र जलमार्गबाट नेपाल जोड्ने मोदीको भनाइमा खुसी व्यक्त गरेका थिए । 

मोदी भने, “सगरमाथाको देश अब सागरससम्म पनि पहुँच हुनेछ । नेपाल अब ल्यान्ड लिंक मात्र होइन वाटर लिंक पनि हुनेछ ।” नेपाललाई भारतले लामोसमय देखि सहयोग गर्दै आएकोभन्दै मोदीले आगामी दिनमा पनि सहयोग गर्दै जाने स्पष्ट पारे । 

उनले आफ्नो ‘सबका साथ सबका विकास’ र प्रधानमन्त्री ओलीको  ‘समृद्ध नेपाल  खुसी नेपाली’ को नारा एकअर्काका पूरक भएको बताए ।

प्रधानमन्त्री ओली समृद्ध नेपाल र खुसी नेपालीको सपना साकार पार्न आर्थिक विकास गर्ने अभियानमा रहेको भन्दै मोदीले यो अभियानमा भारत कसरी सहभागी हुन सक्छ भन्नेबारे वार्तामा छलफल भएको जानकारी दिए । 

हैदरावाद हाउसमा भएको पत्रकार सम्मेलनमा ओलीले नेपाल  संक्रमणकाल पूरा गरेर आर्थिक विकासको चरणमा प्रवेश गरेकाले साथीहरूको साथ चाहिएको बताए । उनले नेपालको जलविद्युतका लागि लगानी आवश्यक रहेको भन्दै भने, “रिभर नेभिगेसनबाट जोडिने विषयमा पनि हामीले छलफल गर्यौं । प्रधानमन्त्री मोदीले नेपाल ल्यान्ड लक नभई ल्यान्ड लिंक भएको बताउनुभयो । अब हामी जलमार्गबाट पनि जोडिने भएका छौं। यो हाम्रा लागि खुसीको कुरा हो ।”

ओलीले मोदीलाई नेपाल भ्रमणमा आउन निम्तो समेत दिएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत २४, २०७४  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro