site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हाम्रो लक्ष्य नै लगानीको वातावरण बनाउनु हो : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको पहिलो दिन शुक्रबार भारतीय व्यवसायीहरुसँग भेटघाट गरेका छन् । नयाँ दिल्लीको ताज होटलमा आयोजित कार्यक्रममा उनले भारतीय उद्योगी–व्यवसायीसँग छलफल गर्दै उनीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

नेपालमा लगानीको वतावरण सहज भएकाले राम्रो प्रतिफल पाउने सुनिश्चित भएसँगै लगानीको उचित क्षेत्र बनेको उनको दावी छ । उनले भने, “लगानीका लागि कानुनी सहजताका लागि सरकार तयार छ । हाम्रो लक्ष्य भनेकै लगानीको वातावरण सिर्जना गर्नु हो ।”

नेपालमा विशेषगरी जलविद्युत्, पर्यटन, कृषि र जडीबुटीमा सम्भावना रहको उनले बताए । उनले नेपालले आगामी १० वर्षमा १० हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य भएको बताउँदै भारतीय व्यवसायीलाई यस क्षेत्रमा लगानी गर्न आग्रह गरे । त्यसका लागि कानुनी सहजताका लागि कुनै कसुर बाँकी नराख्ने उनको प्रतिवद्धता छ ।

उदारवादी अर्थतन्त्रमा निजी क्षेत्र ‘की स्टेकहोल्डर’ भएको दावी गर्दै उनले विभिन्न क्षेत्रमा सुधार गरेसँगै लगानीका लागि नेपाल उचित गन्तव्य रहेको बताए । उनले भने, “हामीले कर न्यूनिकरण गरेका छौं र कर प्रणाली सहज बनाएका छौं । विकास र व्यापारकेन्द्रीत पूर्वाधार निर्माणमा लगानी गर्ने हाम्रो प्रतिबद्धता छ । त्यसका साथै हामी भारतसँग सीमा जोडिएका प्रमुख व्यापारिक केन्द्रहरुमा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गर्दै छौं ।” केही समयअघिमात्र सरकारले सेजको आधारीशला तयार पारेको बताउँदै उनले तीमध्ये केही चाँडै सञ्चालनमा आउन लागेको पनि बताए ।

उनले थपे, “प्रशासनिक प्रक्रिया सहज बनाउने हाम्रो प्रतिबद्धता छ । कर्मचारीतन्त्र प्रभावकारी तथा उत्तरदायी भएको छ । भ्रष्टाचारमुक्त प्रशाुन हाम्रो लक्ष्य हो, जसमा शून्य भ्रष्टाचारको नीति अपानाइएको छ ।”

शुसासन र कानुनी शासन नेपालको प्रशासनको सकारात्मक पक्ष रहेको दावी गर्दै प्रधानमन्त्री ओलीले यस्तो वातावरणमा लगानी गरे सबैले उचित प्रतिफल पाउने दावी गरे । लगानी सहज बनाउन नेपालमा प्रधानमन्त्रीको अध्यक्षता रहने गरी लगानी बोर्डको स्थापना भएको उनले बताए । स्वदेशी र विदेशी लगानीकर्ताबीच कुनै भेदभाव नगर्ने उनको प्रतिवद्धता छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०७४  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro