site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दाँतको रोग बालबालिकामा बढी, विशेषज्ञ चिकित्सक कम 
SkywellSkywell

काठमाडौं । पछिल्लो समय नेपाली बालबालिका दाँत रोगका कारण विद्यालय नजाने गरेको एक अध्ययनले देखाएको छ । काठमाडौं विश्वविद्यालय (केयू) र युनिभर्सिटी अफ फिनल्याण्डले गरेको अध्ययनले बालबालिकामा दाँत किराले खाने समस्याका कारण विद्यालय नजाने गरेको देखाएको हो । 

देशका १८ जिल्लाका ३६ विद्यालयमा पढ्ने ५ देख १५ वर्ष उमेर समूहका १ हजार ५ सय ६६ बालबालिकामा अध्ययन गरिएको थियो । जसमा ३ सय बालबालिकाहरु दाँतको दुखाईकै कारण विद्यालय नजाने पाइएको हो । एक वर्षमा ३० दिन दाँत रोगका कारण नै वालबालिका विद्यालयले नजाने गरेको अध्ययनमा संलग्न धुलिखेल अस्पतालका डा.मनोज हुमागाईँ बताउँछन् । डा. हुमागाईले भने, “दाँत किराले खाएपछिको दुखाईका कारण बालबालिकामा रातभर ननिदाउने, विद्यालय जान नसक्ने  र बाल सुलभ अन्य गतिविधिमा कमी आउने हुन्छ ।”
त्यसैगरी, ‘जंकफूड’ को अत्यधिक प्रयोगले बालबालिकाको दाँत बिगारेको नेपाल डेन्टल एसोसियनका अध्यक्ष डा. सन्तोषमान राजभण्डारीेले बताए । उनले भने, “बालबालिकालाई खुवाईने कृत्रिम दूधको बढ्दो प्रयोग र गुलियो खानेकुरा खाईसकेपछि सरसफाईमा ध्यान नदिने प्रवृत्तिका कारण दाँत किराले खाने समस्या देखिएको छ ।”

KFC Island Ad
NIC Asia

दन्तरोग विशेषज्ञ कम
नेपाल मेडिकल काउन्सिलमा हालसम्म २ हजार ३ सय दन्त रोगका विशेषज्ञ दर्ता रहेकोे काउन्सिलका रजिष्ट्रार दिलिप शर्माले बताए । काठमाडौंमा १ जना दन्त चिकित्सकको भागमा ९ हजार जनसंख्या पर्ने गरेको छ भने काठमाडौ बाहिर १ जना दाँत रोगका चिकित्सक भागमा ५० हजार जनसंख्यामा पर्ने गरेको नेपाल डेन्टल एसोसियनले जनाएको छ । 

विश्व स्वास्थ्य संगठन मापदण्ड अनुसार प्रति ४ हजार जनसंख्यामा १ जना दन्त रोगका चिकित्सक आवश्क पर्ने उल्लेख छ । उक्त मापदण्ड अनुसार २ दन्त चिकित्सक भागमा पर्ने जनसंख्या एउटै चिकित्सकले भागमा परेको देखिन्छ । काठमाडौ बाहिरका जिल्लामा पर्याप्त चिकित्सक उपलब्ध हुन नसकेको नेपाल डेन्टल एसोसिएसनका महासचिव समेत रहेका डा. हुमागाईले बताए । 

Royal Enfield Island Ad

त्यसैगरी, स्वास्थ्य मन्त्रालयले २०७१ सालमा ल्याएको राष्ट्रिय मुख स्वास्थ्य नीतिमा  प्रत्येक प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना दन्त चिकित्सक खटाउने उल्लेख  छ । तर त्यो कार्यान्वयमा नआएको एसोसिसनले जनाएको छ । संघीय संरचना अनुसार प्राथमिक स्वास्थ्य केन्द्रमा दाँत रोगका विशेषज्ञ उपलब्धता बढाउन स्वास्थ्य  तथा जनसंख्या मन्त्रालय लागि परेको प्रवक्ता डा. श्रीकृष्ण गिरीले बताए । उनले भने, “संघिय संरचना प्रत्येक प्राथमिक स्वास्थ्य केन्द्रमा र गाउँपालिकामा १५ वेडको अस्पतालमा भएमा एक जना दाँत रोगका विशेषज्ञ राख्ने विषयमा छलफल भईरहेको छ  ।”


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०७४  २३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro