site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जो बने कवाडीबाटै करोडपति
Sarbottam CementSarbottam Cement

चितवन । थोत्रो साइकलमा कवाडी सामान संकलन गर्ने व्यक्ति करोडपति बनेको सुन्दा कतिपयलाई अचम्म पनि लाग्न सक्छ । तर, चितवनको रत्ननगर–१ सौराहारोडका ५२ वर्षीय रुपनारायण साह कवाडीबाटै करोडपति बन्न सफल भएका छन् ।

१५ वर्षअघिसम्म साइकलमा ‘खाली सिसी, पुराना कागज’ भनेर अलाप्दै हिँड्नु उनको दिनचर्या थियो । अहिले रुपनारायणको जीवन पूरै बदलिएको छ । भाडामा बसेर परिवारको गुजारा चलाउनुपर्ने उनको अवस्था पनि फेरिएको छ । अहिले उनले नै थुप्रै ठाउँका घर भाडामा लगाउँछन् ।

मानिसको जीवन सधैँ एकैनाशले अघि बढ्दैन भन्ने रुपनारायणले प्रमाणित गरिदिएका छन् । समयक्रमले गरिब करोडपति र करोडपति रोडपतिमा बदलिन सक्छन् । रुपनारायणको जीवनमा पनि त्यही भयो । उनले कति घाम खाए, कति झर पानीमा रुझे त्यसको हिसाबकिताब छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिले पनि उनलाई केही मानिसले कवाडी नै भन्छन् । कवाडी भनेर सम्बोधन हुँदा चित्त दुखाउँछन् उनी । जवाफमा भनिदिन्छन्, ‘मलाई नगदनारायण भन्नूस्, रुपनारायण साहु भन्नूस्, बरु करोडपति नै भन्नूस्, तर कवाडीचाहिँ नभन्नूस् ।’

हुन पनि हो उनी अब कवाडी पेसामा छैनन् । संघर्षको सुरुवातमा कवाडी पेसा अंगाले पनि अहिले उनी करोडौँमा खेल्ने सफल व्यापारी भएका छन् । माँ बैष्णु हार्डवेयर र जगदम्बा इन्टरप्राइजेज् नाममा दुई फर्मबाट उनले व्यवसाय सञ्चालन गर्छन् । ६ जनालाई रोजगारसमेत दिँदै आएका छन् ।

Global Ime bank

निरन्तर लगाब र जोखिम मोल्न सक्ने आँट भएकै कारण आफूले व्यवसायमा सफलता हासिल गरेको उनी बताउँछन् । उनले रत्ननगर नगरपालिकाभित्र पाँच ठाउँमा घरघडेरी जोडेका छन् । दुई महिनाअघि मात्रै तीन करोड ४९ लाख रुपैयाँमा घरनजिकै तीन कट्ठाभन्दा बढी घडेरी खरिद गरेका छन् । तीनवटा घर भाडामा लगाएका छन् । एउटामा आफैँले जगदम्बा इन्टरप्राइजेज् सञ्चालन गरेका छन् ।

रुपनारायणको हार्डवेयर पसल पुग्दा तीन ट्रकमा धमाधम सामान अनलोड भइरहेको थियो । उनी भन्दै थिए, ‘यो तीन ट्रकबाट मात्रै ५१ लाख रूपैयाँ बराबरको सामान आएको छ । जति ठूलो व्यापार, उति नै तनाव ।’

उनी भन्छन्, ‘सबैजना खाली हात आउने हो, खाली हात नै जाने हो ।’ बैंकले ऋण पत्याइदिएकाले करोडौँको कारोबार गर्न सकेको उनी बताउँछन् । उनी २० वर्षभन्दा बढी समय भाडामै बसे । भाडामै बसेर दुई छोरा र दुई छोरीलाई हुर्काए । उच्चशिक्षा अध्ययन गराए । व्यवसायमा उनका दुवै छोराले सघाउने भइसकेका छन् ।

उनले केही महिनाअघि मात्रै धूमधामले जेठी छोरीको बिहे गरे । वर्षैपिच्छे घरघडेरी पनि जोडिरहेकै छन् । तर, उनको दैनिकी भने १५ वर्षअघिकै जस्तो छ । भन्छन्, ‘मसँग केही छैन । मलाई बाहिरबाट सबैले करोडपति देख्छन्, करोडौँको व्यापार पनि गर्छु तर कवाडी भन्न छाड्दैनन् ।’

व्यापारमा जोखिम मल्न नसक्नेले प्रगति गर्न नसक्ने उनको ठहर छ । भन्छन्, ‘मैले आँट नगरेको भए आज पनि म पुरानै सामान बेचिरहेको हुन्थेँ । व्यापार बढ्न थालेपछि  बैंकहरुले पनि करोड ऋण पत्याउँछन् । अरुले पत्याएपछि कारोबार बढ्छ । कारोबार बढ्दा कमाइ पनि बढ्छ ।’

उनले धेरै वर्ष साइकलमा डुलेर जीवकोपार्जन गरे । १२ वर्षअघि सुरु गरेको उनको हार्डवेयर पूर्वीचितवनमा प्रख्यात छ । सम्पत्ति कमाए पनि उनलाई आत्मसन्तुष्टि भने छैन । भन्छन्, ‘त्यसबेला खान मन लागेको कुरा पैसा नभएर खान पाइएन, अहिले पैसा छ रोगले गर्दा केही खान हुँदैन ।’

उनी सुगर, प्रेसरलगायत आठ किसिमका रोगबाट पीडित छन् । पैसाले खुसी मिल्न नसक्ने उनको ठहर छ । भन्छन्, ‘पहिले पाँच हजार कमाउँदा कति खुसी लाग्थ्यो । अहिले पाँच करोड कमाए पनि मन रमाउँदैन ।’

उनले भने, ‘यहाँसम्म आउन थुप्रै मिहिनत गर्नुपरेको छ । मान्छेको दिन सधैँ एकनास हुँदैन । आज रोडपति भोलि करोडपति, आज करोडपति भोलि रोडपति ।’

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०७४  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय