site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडौं । बाग्लुङ्का ७ वर्षीय सन्तोष राना कान्ति बाल अस्पतालमा अहिले उपचाररत छन् । उनलाई सुरूमा वान्ता हुने, काम्ने, बेहोस हुने लगायतका लक्षण देखापरेको थियो ।

“छोरालाई वान्ता हुने, काम्ने, बेलाबेलामा बेहोस् हुने भएपछि स्वास्थ चौकी लग्यौं । तर रोग निको भएन,” आमा संगीताले भनिन् ।

काठमाडौं बाहिर पनि उनको उपचारको प्रयास भयो तर निको भएन । काठमाडौं बाहिरका अस्पतालले उनको उपचारका लागि काठमाडौंमै रिफर गरेपछि कान्ति बाल अस्पताल ल्याएको उनकी संगीता बताउँछिन् ।

२२ दिनदेखि संगीताले छोरालाई अस्पतालमा राखेर उपचार गराइरहेकी छन् । उनको छोरालाई काठमाडौं ल्याएपछि मात्रै थाहा भयो रक्त क्यान्सर भएको । 

सरकारले क्यान्सर रोग लागेकालाई एकलाखसम्मको सहयोग गर्छ भन्ने थाहा पाएर जिल्ला जनस्वास्थ्य कार्यालय र कान्ति अस्पतालकै सिफारिस लिएर आएको आमा संगीता बताउँछिन् ।

सिफारिसको लागि  धैरै समस्या भोग्नुपरेको उनको गुनासो छ ।

सन्तोष जस्तै डोटीका ५ वर्षीय नविन राईलाई पनि एक महिना अघि एक्कासी उच्च ज्वरो आयो । केही दिनसम्म ज्वरो नघटेपछि परिवारले उनलाई नयाँ बानेश्वरस्थित सीभिल अस्पताल पुर्याए । स्वास्थ्य परीक्षण गरेपछि उनमा क्यान्सर भएको अस्पतालले जानकारी थियो । सीभिल अस्पतालले उनलाई पनि कान्ति अस्पतालमा रिफर गरिदियो । 

भर्खरै उनको पनि उपचार सुरू भएको छ ।

सन्तोष र नवीन मात्रै होइनन् केही महिना यता दैनिकजसो क्यान्सर पीडित बालबालिका ५ देखि ७ जनासम्म आउने गरेको अस्पतालले जनाएको छ । त्यसमा पनि २ देखि ३ जना रक्त क्यान्सरकै बिरामी आउने गरेका छन् ।

अस्पतालकी डा. निर्मला शाहका अनुसार महिनामा कम्तिमा पनि २० देखि २५ जना क्यान्सरका नयाँ बिरामी आउने गरेका छन् ।  सबैभन्दा बढी रक्त क्यान्सरकै बिरामी आउने गरेको उनले जानकारी गराइन् ।

उनले भनिन् “सामान्य परिवारको कसैलाई रक्तक्यान्सर भएको छ भने देखापर्ने हुन्छ तर कोही गर्भवति महिला, विद्युतीय सामग्रीको धेरै समय नजिक रहने, रसायनिक पदार्थको वढि प्रयोग गर्ने महिलाबाट जन्मिने बच्चामा रक्तक्यान्सर बढि हुने सम्भावना हुन्छ ।”

त्यसैगरी, आजभोलि अस्पतालमा उपचार गर्न आउने बालबालिकामा देखापरेको लक्षण हेर्दा लामो समयसम्म ज्वरो ठिक नभएका, नाक तथा मुखबाट रगत बगेका, लगातार वान्ता भएको, खान मन नगर्ने, शरिर सेतो हुने लगायत रहेका छन् ।

उनले भनिन्, “त्यस्ता बिरामीहरुलाई चिकित्सकको निगरानीमा उपचार गर्छौं । उपचार गर्न साधारणतयाः दुईदेखि तीन लाख रुपैयाँ खर्च लाग्छ । बिरामीको अवस्था हेरेर १ देखि ३ वर्षसम्म चिकित्सकको निगरानीमा उपचार भएमा बालबालिकामा हुने रक्त क्यान्सर निको हुन्छ ।”

कान्ति बाल अस्पतालका अनुसार कहिलेकाहीँ बिरामीलाई बेड नपुगेर सामान्य बेडमा राख्नुपर्ने अवस्था छ । अस्पतालको तथ्याङकअनुसार अस्पतालमा हरेक वर्ष ३ सय २० जना क्यान्सरका नयाँ विरामी थपिने गरेका छन् । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन ६, २०७४  ०५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro