site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पर्यटक बढाउन पर्यटन बोर्डको यस्तो रणनीति, होटलको क्षमता विस्तार तीव्र
Sarbottam CementSarbottam Cement

काठमाडौं । सन् २०१७ मा झन्डै १० लाख विदेशी पर्यटक नेपाल भित्रिए । विभिन्न देशमा प्रवद्र्धनात्मक अभियान चलाइएका कारण उल्लेख्य मात्रामा बाह्य पर्यटकलाई नेपाल भ्रमण गराउन सकेको नेपाल पर्यटन बोर्डले दाबी गरेको छ । 

बोर्डले वर्षैभरी विभिन्न मुलुकमा अभियान चलाएको प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन् । अमेरिकामा मात्रै गत वर्ष तीनपटक टुरिजम मार्केटिङ गरेको जोशीले बताए । उनले भने, “२०१६ मा २२० जना तथा २०१७ मा २५२ जना अन्तर्राष्ट्रिय मिडियाका पत्रकार तथा टुर अपरेटरहरुलाई नेपालको भ्रमण गराएर नेपालको सकारात्मक प्रचार गराएका छौं ।”

त्यस्तै, ८० वटा अन्तर्राष्ट्रिय पर्यटन मेलाहरुमा सहभागी भएर नेपालको प्रचार गरिएको उनले बताए । त्यसबाहेक अहिलेसम्मकै ठूलो प्रचार अभियानअन्तर्गत बीबीसी, ट्रिप एडभाइजर तथा रोयटर्ससँग मिलेर काम गरिएको उनले जानकारी दिए । त्यस्तैगरी ‘नेपाल अहिले’ तथा ‘भिजिट नेपाल युरोप इयर’, घुमफिर वर्ष २०७३ लगायतका अभियान सञ्चालन गरिएको उनले बताए । “नेपाली डायस्पोरा, विदेशस्थित कूटनीतिक नियोग, पर्यटन व्यवसायी तथा पर्यटनसँग सम्बन्धित विभिन्न संस्थासँग मिलेर नेपाल हेर्न लायक छ भन्ने अभियानहरु सञ्चालन गरिरहेका छौं,” जोशीले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

२०१८ मा बजारीकरणको नयाँ रणनीति बनाएर अगाडि बढेको उनले बताए । त्यसअन्तर्गत नेपाल घुम्नु जीवनकै महत्वपूर्ण विषय हो भन्ने खालको अभियान सुरु गरिएको उनले जानकारी दिए । बोर्डले यो वर्ष पर्यटक आकर्षणका लागि बीबीसी, सिएनएन, ट्रिप एडभाइजर तथा लोन्ली प्लानेटसँग साझेदारी गरेर अभियान सञ्चालन गर्ने योजना बनाएको छ । 

विदेशस्थित कूटनीतिक नियोगमार्फत् पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण सहयोग हुँदै आइरहेको बोर्डको भनाइ छ । परराष्ट्र मन्त्रालयका अनुसार यो वर्षमा पनि शुरुवातदेखि नै विभिन्न देशमा पर्यटनसँग सम्बन्धित विविध कार्यक्रम भैरहेका छन् । 

Global Ime bank

पर्यटक लक्षित सेवा सुविधा थपिँदै
नेपालमा बाह्य तथा आन्तरिक पर्यटक बढ्दै गएको अवस्थामा पर्यटक लक्षित सेवा सुविधाहरु पनि वृद्धि गर्दै लैजानुपर्नेमा सरोकारवालाहरुको जोड छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, पर्यटन बोर्डजस्ता सरकारी तथा विभिन्न गैरसरकारी निकायहरुले पनि पर्यटकका लागि आवश्यक पूर्वाधार तथा सेवासुविधा अभिवृद्धि गर्नका लागि विभिन्न तहबाट पहल गर्दै आइरहेका छन् । 

पर्यटन विभागका अनुसार पछिल्ला वर्षमा पर्यटक लक्षित होटल तथा अन्य सेवा केन्द्रहरुको संख्या वृद्धि हुँदै गइरहेको छ । सन् २०१७ को अन्त्यसम्ममा नेपालमा ५ तारे होटल ११ वटा छन् । त्यस्तै ४ तारे होटल ५ वटा, ३ तारे ३४ वटा, २ तारे ४४ वटा, १ तारे ३० वटा छन् । पर्यटक स्तरका होटल ४ सय ८१ वटा तथा होमस्टे २ सय ४९ वटा छन् । 

नेपालमा २०१७ को अन्त्यसम्ममा ट्राभल एजेन्सी ३ हजार २ सय २७ वटा र टुर गाइड ३ हजार ८ सय ६४ जना रहेका छन् । त्यस्तै ट्रेकिङ गाइड १२ हजार ६ सय ७२ तथा रिभर गाइड २ सय २८ जना, ट्रेकिङ एजेन्सी २ हजार ४ सय ४३, राफ्टिङ एजेन्ट ७३, पर्यटक यातायात सेवा व्यवसाय ७२ वटा रहेका छन् । 

मुलुुकका विभिन्न स्थानमा पर्यटकीय हिसावले सुविधासम्पन्न होटल, रिसोर्ट तथा सेवाकेन्द्रहरु स्थापना भइरहेको विभागको भनाइ छ । भैरहवा, झापा, काठमाडौंलगायत सहरमा अन्तर्राष्ट्रियस्तरमा नाम चलेका पाँच तारे होटल खुल्ने प्रक्रियामा छन् ।  

पर्यटन बोर्डका कार्यकारी प्रमुख जोशी विदेशी लगानीमा नेपालका विभिन्न स्थानमा उच्चस्तरीय सुविधासम्पन्न होटल सञ्चालनमा आउनुले पर्यटन प्रबद्र्धनमा थप उत्साह मिलेको बताउँछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०७४  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय